एमाले गण्डकी अधिवेशन : अधिकारी र शर्माबीच प्रतिस्पर्धा हुँदै

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट आगामी नेतृत्वका लागि मायानाथ अधिकारी र नवराज शर्माका बीचमा प्रतिस्पर्धा हुने भएको छ ।

लमजुङका अधिकारी र म्याग्दीका शर्माबीचको प्रतिस्पर्धामा मुख्य नेताहरुलाई जोडेर प्रचार शुरु भएको छ ।

पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थन वर्तमान अध्यक्ष नवराज शर्मालाई छ भने पार्टीका सचिव पद्मा अर्याल, स्थायी कमिटि सदस्यहरु खगराज अधिकारी, स्थायी कमिटि सदस्य किरण गुरुङको समर्थन मायानाथ अधिकारीलाई रहेको एमाले स्रोतले बताएको छ ।

प्रचारमा आए जस्तो पद्मा अर्यालको समर्थन नवराजलाई नभएर मायानाथलाई भएको एक केन्द्रीय सदस्यले बताए ।

एमालेका नेताहरु पृथ्वीसुब्बा गुरुङ, पद्मा अर्याल, खगराज अधिकारी लगायतका नेताहरुबीच गण्डकी प्रदेशमा सर्वसम्मत बनाउन महासचिव शंकर पोखरेलले गरेको प्रयास सफल नभएपछि दुई समुहबीच प्रतिस्पर्धा हुने भएको हो ।

अध्यक्ष पदका उमेदवार मायानाथ अधिकारीलाई वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली र विष्णु रिमाल, सचिव योगेश भट्टराई र पदमा अर्याल, स्थायी कमिटि सदस्यहरु खगराज अधिकारी, किरण गुरुङ लगायतका नेताहरुको समर्थन रहेको नेताहरुले बताएका छन् । नवराज शर्मालाई उपमहासचिव पृथ्वीसुब्वा लगायतका नेताहरुको समर्थन रहेको स्रोतले जानकारी दिएको छ ।

अध्यक्षका उमेदवार अधिकारी र शर्माले प्यानलै बनाएर निर्वाचनमा होमिएका छन् । अधिकारीको म्यानलबाट उपाध्यक्षमा नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मी आचार्य, उपसचिवमा म्याग्दीका सन्तोष रावल र महिला उपसचिवमा कास्कीका मिना गुरुङका बीच प्रतिस्पर्धा हुने भएको छ ।

यस्तै शर्माको प्यानलबाट उपाध्यक्षमा स्याङ्जाका मिन प्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा दाम बहादुर वि.क.र महिला उपसचिवमा मञ्जु ले प्रतिस्पर्धा गर्दैछन् । पदाधिकारीमा प्यानल बनाएका मुख्य उमेदवारहरुले तलदेखि नै आफु अनुकुलको उमेदवार बनाउन प्रयत्न गरिरहेका छन् ।

यसैबीच एमाले गण्डकी प्रदेशको लेखा समितिको अध्यक्षमा बागलुङका राम बहादुर जि.सी. र नवलपुरका अमृत ज्ञवालीको उमेदवारी परेको छ । निर्वाचन कमिटिका अनुसार उमेदवारी दर्ता सकिएको छ । आज साझसम्म उमेदवारी फिर्ताको समय रहने र भोली बिहान मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?