सानिमा मोबाइल बैंकिङमा क्यासब्याक अफर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सानिमा बैंकले फोनपे प्रालिको सहकार्यमा सानिमा सजिलो इ-बैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । कात्तिक मसान्तसम्म रहने योजनाअन्तर्गत पहिलोपटक सानिमा सजिलो इ-बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकले एयरलाइन्सको टिकट खरिदमा पाँच प्रतिशत वा अधिकतम दुई सय, बिजुली बिल तिर्दा दुई प्रतिशत वा अधिकतम २५ रुपैयाँ र इन्टरनेट बिल तिर्दा दुई वा अधिकतम ५० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।

मोबाइल बैंकिङ प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यस्तो योजना ल्याएको जनाएको छ । योजना अवधिभर सहभागी हुने ग्राहकलाई पहिलो प्राथमिकताका आधारमा क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?