नवलपरासी । पश्चिम नवलपरासीका किसानहरु निरन्तर ४ दिन सम्म पानी परेपछि चिन्तामा परेका छन् । खेतमा पाकेको धान घरमा ल्याउने समयमा पानी परेकोले किसान चिन्तित भएका हुन् ।
सरावल-३ भटौलियाका किसान राधेरमाण चौधरीले पानी परे पछि चिन्ता बढेको बताउनु भयो । उहाँ भन्नुहुन्छ- 'असारमा दुख गरेर लगाएको धान अहिले पाकेको छ । अहिले धान काट्ने तयारी गरेको थिए । पानी पर्यो १ पानीमा धान काट्नेकुरा भएन ।'
चौधरी मात्रै होइन यति बेला पश्चिम नवलपरासीका किसानले धान भित्र्याउने योजना बनाइ रहेका थिए । पाकेको धान किसानहरु भित्र्याउने समयमा नै ४ दिन सम्म झरी परे पछि किसान चिन्तित भएका छन् ।
चौधरीक अनुसार धान काट्न मात्रै होइन काटेको धानमा समेत पानीले नोक्सान दिएको छ । उहाँ भन्नुहुन्छ - 'अलिअलि काटेको धान सुकाउन राखेको थिएँ त्यो नि पानीले भिजायो र नोक्सान गरिदियो ।'
बर्दघाट-१० का किसान बेद प्रसाद न्यौपाने पाकेको धान आलिमा खसेको बताउनुभयो । उहाँ भन्नुहुन्छ - 'धान पाकेको छ । काट्ने बेला भयो निरन्तर पानी पर्यो । धान आलिमा नै खसेको छ । के गर्ने ?'
जिल्लाका अधिकांश क्षेत्रमा धानको खेती हुन्छ । हिउँदे खेती कम हुने भए पनि बर्खेखेती प्रायःसबै किसानले गर्ने गरेका छन् ।मौसमको अवस्था बुझेर मात्रै धान भित्र्याउन कृषि विज्ञको सुझाव छ । पश्चिम नवलपरासीमा करिब ९० प्रतिशत खेतमा धान पाकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच