जेलमा रहेकी इरानी अधिकारकर्मी मोहमदीलाई नोबेल शान्ति पुरस्कार

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

एजेन्सी । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानव अधिकारकर्मी नर्गिस मोहम्मदीलाई दिइने भएको छ । इरानमा महिलामाथि हुने गरेको दमनविरुद्ध संघर्ष गर्दै मानव अधिकारको रक्षाका लागि लडेका कारण उहाँलाई यो पुरस्कार प्रदान गरिने भएको हो । नर्वेली नोबेल कमिटीका अध्यक्ष बेरिट रेइस-एन्डर्सनले शुक्रबार उक्त पुरस्कारको घोषणा गर्नुभएको हो । पुरस्कारको रकम एक करोड १० लाख स्विडिस क्रोनर (करिब १० लाख अमेरिकी डलर) रहेको छ । डिसेम्बरमा नोबेल पुरस्कार प्रदान गर्दा उहाँलाई १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमा समेत प्रदान गरिनेछ ।

नर्गिस भने अहिले इरानको जेलमा हुनुहुन्छ । उहाँलाई इरानको सरकारले १३ पटक पक्राउ गरिसकेको छ भने पाँचपटक दोषी ठहर्‍याइसकेको छ । सन् १९७२ अप्रिल २१ मा जन्मिनुभएकी इरानी मानव अधिकारवादी कार्यकर्ता मोहम्मदी ‘डिफेन्डर्स अफ हृयुमन राइट्स सेन्टर’ (डिएचआरसी)की उपाध्यक्ष हुनुहुन्छ । सन् २०२२ को बिबिसीको विश्वका शक्तिशाली १०० महिलाको सूचीमा उहाँको नाम थियो । नोबेल पुरस्कार समितिले भने नर्गिस छिट्टै जेलमुक्त भएर पुरस्कार वितरण समारोहमा उपस्थित हुने विश्वाससमेत व्यक्त गरेको छ ।

यसै हप्ताको मंगलबार यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार पियरे अगोस्टिनी, फेरेन्क क्राउज र एनी लुहुलियरलाई प्रदान गरिएको थियो । चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कोभिड-१९ विरुद्धको एमआरएनए खोप विकासमा योगदान गर्ने दुई वैज्ञानिक क्याटालिन कारिको र ड्र्यू वेइसम्यानलाई प्रदान गरिएको छ । यस्तै, यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक जोन फोस्सलाई प्रदान गर्ने निर्णय गरिएको छ । अर्थशास्त्रतर्फको पुरस्कार भने अक्टोबर ९ मा घोषणा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

JUST IN
बजेटमाथि विपक्षी : ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ चिनियाँ कम्पनीमाथि प्रतिबन्धको तयारीबारे इयुलाई बेइजिङको चेतावनी पाल्पाका एक वडाध्यक्षको पद गुम्यो रानीशैना गोठ आगलागी र लुटपाटको हल्ला निराधार, प्रहरीले भन्यो– घटना पुष्टि भएन प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई बुटवलका सुनचाँदी पसलमा चोरी : चोरी प्रयासमा संलग्न आठ जना पक्राउ आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रतिनिधिसभामा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण चित्तबुझ्दो नभएको काँग्रेसको निष्कर्ष, तर बजेट छलफलमा सहभागी हुने ट्रेड युनियन खारेजविरुद्धको रिटमाथि जेठ २९ मा सुनुवाइ