यामाहाको नयाँ बाइक

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले तीन लाख ७९ हजार नौ सय रुपैयाँमा उपलब्ध हुने गरी यामाहा एफजेड एफआई भिथ्री स्ट्याण्डर्ड बाइक ल्याएको छ । नयाँ बाइकमा तीनवटा मुख्य विशेषता ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, नवीनतम् डबल डिस्क र उन्नत बिएस ६ इन्जिन टेक्नोलोजी रहेको कम्पनीले जनाएको छ ।

औसत ४५ देखि ५० किलोमिटर माइलेज दिने बाइक ट्याको मिटर, ओडो मिटर, सिंगल ट्रिप मिटर, फ्युल इण्डिकेटर, स्पिडोमिटर र इको ल्याम्पसहितको सूचनात्मक डिजिटल मिटर रहेका छन् भने डुअल डिस्क ब्रेकिङ प्रणाली रहेको छ ।

शुक्रबार एक कार्यक्रमबीच नयाँ बाइक सार्वजनिक गर्दै एमएडब्लु टु हिृवलर्स डिभिजनका सिइओ राजु क्षेत्रीले भन्नुभयो, ‘यामाहा एफजेड एफआई भिथ्री स्ट्याण्डर्डले यामाहाको स्पोर्टिनेस, स्टाइलिस र एक्साइटमेन्टका विशेषताले सुसज्जित मोटरसाइकल किफायती मूल्यमा ग्राहकसामु ल्याउने हाम्रो अटल प्रतिबद्धता पुष्टि गर्छ । हामीलाई विश्वास छ यसले हाम्रा अमूल्य ग्राहकको सवारी अनुभवलाई पुनः परिभाषित गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?