एसियाडमा रजत पदक जितेकी धादिङकी एरिकालाई सरकारले साढे १९ लाख रुपैयाँ दिने

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । चीनमा जारी १९ औं एसियाली खेलकुद एसियाडको रजत पदक धादिङको निलकण्ठ नगरपालिका-१३ कि एरिका गुरुङले जितेकी छन् ।

शनिबार ६८ केजी तौल समूह कराँतेमा एरिकाले नेपालका लागि पहिलो पदक जित्न सफल भएकी हुन् ।

यो जित सँग एरिकाले पुरस्कार वापत नेपाल सरकारबाट साढे १९ लाख रुपैयाँ पाउने भएकी छिन् । यो सँगै नेपालले १९ औं एसियाडमा करातेमा रजत र कबड्डीमा कास्यसहित दुई पदक जितेको छ। नेपाल सरकारले एसियाडमा नेपालले जितेको २ पदकका लागि खेलाडी, प्रशिक्षक र सम्बन्धित संघलाई गरि ८९ लाख ७० हजार रुपैयाँ पुरस्कार दिनेछ ।

राष्ट्रिय खेलकुद विकास नियमवाली २०७९ को अनुसार एसियाडमा व्यक्तिगत स्पर्धामा रजत पदक जित्ने खेलाडीले १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रावधान छ । एसियाड आज समापन हुँदैछ । समापन समारोह हाङजाउस्थित ओलम्पिक खेलकुद स्टेडियममा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । एसियाडमा ४ सय ८१ स्वर्ण पदकका लागि ४५ राष्ट्रका १२ हजारभन्दा बढी खेलाडीले ४० खेलका ६१ भन्दा बढी विधामा प्रतिस्पर्धा गरेका छन् ।

प्रतियोगिताको अन्तिम दिनसम्म आयोजक राष्ट्र चीनले पदक तालिकामा अग्रता कायमै राखेको छ। पछिल्लो पदक तालिकाअनुसार चीन २ सय स्वर्ण, १ सय ११ रजत र ७१ कास्यसहित कुल ३ सय ८ पदक जितेर शीर्ष स्थानमा छ । दोस्रो स्थानको जापानले ५१ स्वर्ण, ६६ रजत र ६९ कास्य पदक जितेको छ। दक्षिण कोरिया ४२ स्वर्ण, ५९ रजत र ८९ कास्यसहित तेस्रो स्थानमा छ । २८ स्वर्ण, ३८ रजत र ४१ कास्यसहित भारत चौथौ स्थानमा छ ।

ऐतिहासिक रजत पदक विजेता करातेकी एरिका गुरुङले एसियाली खेलकुद समापनमा नेपालको राष्ट्रिय झण्डा बोक्ने छिन् । सहभागी ४५ देशमध्ये २७ देशले स्वर्ण पदक जितेका छन् । नेपालसहित ४१ देशले पदकको खाता खोले । ४ देशले पदक जित्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
मिटरब्याजविरुद्धको ९ दिने आन्दोलन स्थगित, सरकार र पीडितबीच ९ बुँदे सहमति नेकपाका चार प्रदेश सांसदले रेशम चौधरीसँग गरे भेट, सुदूरपश्चिम सरकारबारे छलफल जनकपुरका गुठीअन्तर्गतका पोखरी क्षेत्रको अतिक्रमण हटाउन सात दिनको अल्टिमेटम शेरबहादुर देउवाको हात भाँचिएको हल्ला निराधार : सचिवालय कोशी प्रदेश मन्त्रिपरिषद्का तीन महत्त्वपूर्ण निर्णय आईटी प्रतिस्पर्धामा पछि परेका छौँ, अब कमजोरी सुधार्छौँ : अध्यक्ष ओली दरबार हत्याकाण्डबारे अझै सत्य खुल्न बाँकी छ : ओली यी हुन् तीन प्रज्ञा प्रतिष्ठानको सिफारिस समितिमा मनोनीत छ सदस्य कविता: तीन घण्टी टिनिनी अमेरिका–इरान तनावबीच कूटनीतिक सम्बन्धमा दरार, कतार र पाकिस्तानसँग पनि बढ्यो तनाव