रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले फोहरमैलालाई स्रोतको रुपमा उपयोग गर्नु पर्ने बताउनु भएको छ ।
उहाँले त्यसको पुनः प्रयोग र प्रशोधनबाट आयआर्जन गर्न सक्नु पर्न्र बताउनु भयो । यस्ले आर्थिक बिकास र समृद्धि आउन्र बताउनु भयो ।संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको आयोजनामा लुम्बिनीमा भयको फोहरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा उपर प्रदेशस्तरीय परामर्श कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले यस्तो बताउनु भएको हो ।
'फोहरमैलाबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण र फोहरमैलाको प्रभावकारी व्यवस्थापन गर्न प्रदेश सरकारले योजना बनाएर काम गर्नेछु', मुख्यमन्त्री चौधरीले भन्नुभयो, 'त्यो अभियानमा सरकार लग्छ ।'
उहाँले कानुनको मस्यौदा तयार गर्दा स्थानिय सरकार, प्रदेश सरकार र स्थानियसंग छलफल गरेर ल्याउनुपर्ने बताउनुभयो । 'अहिले आएको मस्यौदा केन्द्र सरकारले हामीलाई सुनाउँछ, तर छलफलमा उठेका सुझावहरुलाई समावेश गरिँदैनँ' उहाँले भन्नुभयो । मुख्यमन्त्री चौधरीले छलफलमा उठेका सुझावहरुलाई समावेश गरेर केन्द्र सरकारले कानुन बनाउने कुरामा आशा व्यक्त गर्नुभयो।
उहाँले फोहर व्यवस्थापनको लागि आफुबाटै शुरुवात गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो 'सफा शहरको परिकल्पना त्यति बेला मात्र पुरा हुन्छ जतिबेला हामी सबैले फोहर निश्चित ठाउँमा विसर्जन गर्नुपर्छ भन्ने बुझ्छौ ।'
अहिले फोहरमैला जथाभावि फाल्ने चलन भएको औल्याउदै मुख्यमन्त्री चौधरीले अव सबैले फोहरमैला व्यवस्थापनको लागि तोकिएको ठाउँमा फाल्नुपर्ने बताउनुभयो ।
त्यसरी राखियको फोहरमैलालाई केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारले व्यवस्थापनमा काम गर्नुपर्ने उहाँको भनाई छ । मुख्यमन्त्री चौधरीले फोहरमैला व्यवस्थापनको लागि कानुनी रुपमै समाधान खोज्नुपर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच