काठमाडौं । विकास साझेदारहरूले दिगो विकास लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रसँग सहकार्यमा जोड दिएका छन् । विभिन्न दातृ निकाय, निजी क्षेत्र र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले यस्तो जोड दिएका हुन् । मंगलबार आयोग र संयुक्त राष्ट्र संघको सहकार्यमा नेपाल उद्योग वाणिजय महासंघले काठमाडौंमा आयोजना गरेको सातौँ दक्षिण तथा दक्षिण पश्चिम एसिया उपक्षेत्रीय फोरमका वक्ताहरूले देश विकासमा निजी क्षेत्रकोे भूमिका महत्वपूर्ण रहेको बताए । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य र नवप्रवर्तनमा जोड दिनुभयो । गरिबी न्यूनीकरण, जलवायु परिवर्तन, लैंगिक असमानताका विषयमा सहकार्य र समन्वयको आवश्यकता आंैल्याउँदै ढकालले निजी क्षेत्र, दातृ निकाय र सरकारको साझेदारीमा रोजगारी सिर्जना र उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
दिगो विकासको लक्ष्य हासिल गर्न सबैभन्दा पहिले शून्य भोकमरी बनाउन लाग्नुपर्ने विज्ञहरूले बताएका छन् ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले दिगो विकास लक्ष्यमा सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, विज्ञ, दातृ निकाय र सँगै निजी क्षेत्रको सहयोग पनि अपरिहार्य भएको बताउनुभयो । नेपाल तथा एसियाली राष्ट्रमा कोरोनाका कारण ठूलो असर गरेको र अब अर्थतन्त्र अघि बढाउन ब्याउन्स ब्याकको अवसर रहेको उहाँको भनाइ थियो ।
दिगो विकास लक्ष्यका नेपाल डाइरेक्टर दयासागर श्रेष्ठले कोरोनापछि अर्थतन्त्रलाई माथि उकास्ने सम्भावना र अवसर रहेको भन्दै अस्वस्थ राजनीति, कमजोर राज्य सत्ता तथा लैंगिक विभेद तथा वर्गीय मूल्य मान्यताले मुलुकले गति लिन नसकेको बताउनुभयो ।
सार्क सचिवालयकी डाइरेक्टर इरोशा कुरेले पछिल्लो समय प्राकृतिक प्रकोप बढ्दै गएकाले नेपाल सचेत हुनुपर्ने भन्दै दिगो विकासका लक्ष्य हासिल गर्न सुरुमा शून्य भोकमरी बनाउन लाग्नुपर्ने बताउनुभयो ।
नेपालका लागि युएन रेसिडेन्ट संयोजक हाना सिंगरले एक तिहाइ देशमात्रै गरिबी अन्त्य गर्न सफल भएको भन्दै नेपालले पनि गरिबी, भोकमरी अन्त्य, खाद्य सुरक्षा, लैंगिक समानताका साथै आर्थिक, सामाजिक तथा वातावरण विकासका लागि सहकार्यमा जोड दिनुभयो ।
अर्थमन्त्रीद्वारा आर्थिक र प्राविधिक सहयोग माग
मोरक्कोमा जारी विश्व बैंकको वार्षिक बैठकको सिलसिलामा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गर्नुभएको छ । उक्त बैठकमा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाहृय पुँजी परिचालन बढाउने विषयमा छलफल भएको बताइएको छ । बैठकमा निजी क्षेत्रको लगानी प्रवद्र्धनका लागि सम्भाव्य परियोजनाको पाइपलाइन विकास गर्न र वित्तीय उपकरण (विशेष इक्विटी एक्सपोजरमा) विविधीकरण गर्दै सार्वजनिक निजी साझेदारीमार्फत् परियोजना विकास गर्न आइएफसीले प्राविधिक सहयोग गर्ने विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
अर्थमन्त्री महतले नवीनतम वित्तीय उपकरणमार्फत् नेपालले परम्परागत क्षेत्रका अलावा निजी पुँजी आकर्षित गर्न आइटी, कृषि-व्यवसाय, पर्यटन र अन्य स्टार्टअप जस्ता क्षेत्रमा लगानी विविधीकरण गर्न नवीन वित्तीय उपकरण परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
खासगरी विदेशी विनिमय जोखिमका कारण आइएफसीमार्फत् प्रवाह हुने कर्जाको विद्यमान लागत न्यूनीकरण गर्दै निजी लगानी प्रोत्साहन गर्न आइएफसीले आइडिएको सहुलियत विन्डो (निजी क्षेत्र विन्डो) लाई ब्लेन्डिङ फाइनान्सका रूपमा उपयोगका साथै इक्विटी तथा स्थानीय मुद्रामा आधारित लगानीलाई प्रभावकारीरूपमा परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो ।
अर्थमन्त्री महतले बाहृय लगानी तथा पुँजी परिचालनका लागि लगानीको आकर्षक वातावरण सिर्जना गर्न नेपाल सरकारले सुरक्षित कारोबार ऐन संसद्मा पेश गर्न लागेको जानकारी गराउदै कर्जा सूचना व्यवस्थापनसम्बन्धी कानुन निर्माणमा आइएफसीको चासो सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै स्थानीय मुद्रामा आधारित बण्डमार्फत् थप पुँजी परिचालन गर्ने विषयमा समेत नेपालले गरेको पहलबारे जानकारी गराउनुभयो । उहाँले आगामी कन्ट्री पाटनरसिप फ्रेमवर्कमा नेपालको निजी लगानीका प्राथमिकता र क्षेत्रगत विविधीकरण विषय समावेश हुने विश्वास व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ ।
आइएफसीका उपाध्यक्ष पुलितीले नेपालले लगानीको प्रवद्र्धनको वातावरण सिर्जना गर्न गरेको पहलकदमीको प्रशंसा गरेको बताइएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्रमार्फत् बाहृय पुँजी तथा लगानी परिचालन गर्न स्पष्ट कानुनी आधार रहेको बताउँदै राष्ट्र बैंकले सो प्रक्रियामा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ । सो अवसरमा अर्थमन्त्री महतले आइएमएफ तथा विश्व बैंक दक्षिण पूर्व एसिया क्षेत्रका कार्यकारी निर्देशक विम्वी सायुगा र याटी कुर्नियाटीसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच