काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान कार्यालय प्युठानका अनुसन्धान अधिकृत सज्जनबहादुर बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा उनीविरुद्ध बिहीवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । प्रवक्ता दाहालका अनुसार बुढाथोकी क्षेत्रीको सर्टिफिकेट छानबिन गरी पाउँ भन्दै आयोगमा उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा अनुसन्धान गर्दा उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, इलाहाबाद, भारतबाट इन्टरमिडिएट तह उत्तीर्ण गरेको भनी शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरेको पाइएको आयोगको दाबी छ ।
राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा शुरू नियुक्ति भई वरिष्ठ अनुसन्धान सहायक र अनुसन्धान अधिकृत पदमा बढुवा भइ सरकारी लाभ तथा सुविधा लिएको देखिएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच