गाजापट्टी । हमास र इजरायलबीच जारी युद्धको बीचमा हजारौं मानिस दक्षिणी गाजातर्फ सरेको देखिएको छ। अल जजिराका अनुसार इजरायली सेनाले प्यालेस्टिनी भुमीमा सम्भावित जमिन आक्रमण गर्ने भन्दै उत्तरी क्षेत्र छोड्न उनीहरूलाइ चेतावनी दिएको थियो । सो लगत्तै प्यालेस्टाइनीहरु दक्षिण गाजातर्फ सरेका हुन ।
समाचार अनुसार इजरायलले ११ लाख मानिसहरूलाई उक्त ठाउँ छोड्न चेतावनी दिएको थियो तर हमासले इजरायली चेतावनीलाई झुटो प्रचार भनेको छ र मानिसहरूलाई कतै नजान आग्रह गरेको छ।
इजरायलले गाजा नजिकै करिब तीन लाख सैनिक तैनाथ गरेको कारण युद्ध थप आक्रामक बन्दै गएको देखिन्छ । इजरायली ट्याङ्कहरू पनि गाजा नजिक तैनाथ गरिएको छ।
हिजो शुक्रबार विज्ञप्तिमार्फत इजरायली सेनाले भनेको थियो, ‘पहिलो पटक गाजा पट्टी भित्र भू-सेनाहरू सक्रिय छन्। सेनाले इजरायली सेनाले आतंकवादीहरूसँग लड्न, हतियार नष्ट गर्न र हमासलाई नष्ट गर्न काम गरिरहेको बताएको छ। र, गाजा बेपत्ता बन्धकहरूको बारेमा प्रमाण खोज्नका लागि इजरायलले प्रयास गरिरहेको छ । न्युज कारखाना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच