काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने बताउनु भएको छ ।
संघीयता अन्तरगत प्रदेश संरचना मुलुकका लागि घाँडो भएकाले त्यसलाई खारेज गर्नुपर्ने उहाँको तर्क थियो ।
पार्टीद्वारा शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले वैदेशिक ऋणको भरमा कहिलेसम्म प्रदेश संरचनालाई कायम राख्ने ? भनि प्रश्न समेत गर्नुभयो । नेपालजस्तो सानो देशका लागि सयभन्दा बढी मन्त्री र ५/७ सयको संख्यामा सांसद आवश्यक नभएकाले त्यसलाई कटौति गर्नुपर्ने उहाँले प्रश्ताव गर्नुभयो । अध्यक्ष थापाले वर्तमान व्यवस्था भ्रष्ट भएको भन्दै त्यसमा सुधारका निम्ति तयार हुन प्रमुख राजनीतिक दलहरुलाई आग्रह समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो बीचको प्रदेश संरचना आवश्यक छैन । यसलाई खारेज गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यो प्रदेश संरचना अहिले नेपाललाई घाँडो भएको छ । नेपाली अर्थतन्त्रले धान्न नसक्ने अवस्था छ । कहिलेसम्म विदेशीका ऋण ल्याएर यो प्रदेशको संरचनालाई कायम गर्ने ? नेपाल जस्तो सानो देशमा किन सय भन्दा बढि मन्त्रीहरु चाहिन्छ भन्नु त ? अहिले हरेक प्रदेशमा १०/१२ जना मन्त्रीहरु छन् । किन झन्डै सय जना मन्त्रीहरु चाहियो ? हाम्रो जस्तो सानो देशमा ५÷७ सयको संख्यामा किन सांसदहरु चाहियो भन्नुस्त ? चाहिदैन । त्यकारणले गर्दाखेरी अर्वौ रुपैयाँ खर्च गरेर ती सांसद र मन्त्रीहरुलाई पालेर राख्नुपर्ने जरुरी छैन । त्यसर्थ, दुई तहको सरकार बनाऔं भन्ने हाम्रो धारणा हो । त्यसैले म फेरी पनि यो आमसभाको माध्यामबाट काँग्रेस, एमाले र माओवादीका नेताहरुलाई भन्न चाहन्छु–हामीले कुनै अतिवादी कुरा गरेका छैनौं । कुनै प्रतिगामी कुरा गरेका छैनौं । हामीले सबै नेपाली अटाउने व्यवस्था बनाऔं भनेको हो । के त्यो अपराध हो ? सनातन धर्म, संस्कृतिको संरक्षण गरौं भन्नु अपराध हो ? तसर्थ, वर्तमान भ्रष्ट व्यवस्थामा सुधारका निमित्त तयार हुन म सबै राजनीतिक दलका नेताहरुलाई आग्रह गर्न चाहन्छु । तर तपाईहरु अब चुप लागेर बस्नुभयो भने अब नेपाली जनता चुप लागेर बस्दैन ।’
अध्यक्ष थापाले सनातन धर्मको संरक्षण गर्ने र वर्तमान भ्रष्ट व्यवस्था सुधारका लागि आफ्नो पार्टीले आन्दोलनको घोषणा गरेको जिकिर समेत गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच