काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ हुँ भन्ने राजनीतिक दलहरुले आफूलाई पुष्टि गरेर देखाउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै उहाँले नयाँ भन्ने कुरा मितिको आधारमा नभई संस्कृति र प्रवृत्तिको आधारमा हुने भएकाले नयाँ राजनीतिक दलहरुले आफूलाई नयाँ हुँ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने तर्क गर्नुभयो ।
दशैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री शर्माले कुनै राजनीतिक दल पुरानो हुँदैमा सक्कियो भन्न नमिल्ने बताउनु भयो । उहाँले मुलुक बनाउन सकिन्छ भन्ने अठोट लिएर प्रमुख राजनीतिक दलहरु एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।
महामन्त्री शर्माले भन्नुभयो,‘कसैले भन्दैगर्दा पुरानाका दिन गए । पुराना धर्म शाष्त्र पनि हो । पुराना चाँही यो धर्ती पनि हो । पुराना भन्ने चीज त्यति सजिलै जाँदैन । नयाँ भन्ने पनि मितिले भनेर हुँदैन । विश्वप्रकाश संसदमा पहिलो पटक छ । नयाँ हो । तर, नयाँ हुँ भन्न मैले केही नयाँ गरेर पुष्टि गर्नु पर्छ । कुनै दलले पनि, व्यक्तिले पनि नयाँ जन्म मितिले भनेर मात्रै पुग्दैन । नयाँ चाँही प्रवृत्तिमा, संस्कृतिमा हुन्छ । कुनै राजनीतिक दल पुराना हुँदैमा, हामी आफैंमा विदाई पनि हुन्नौं । र, शक्तिमा, सरकामा छौ भन्दैमा हामी सदैव सशक्त पनि हुँदैनौं ।’
महामन्त्री शर्माले सत्तापक्ष र प्रतिपक्ष मिलेर मुलुकलाई अघि बढाउनुपर्ने बताउनु भयो । माओवादी केन्द्रका नेता राम कार्कीले मुलुकमा समाजवादको विकल्प नभएको उल्लेख गर्दै त्यसका लागि एकतावद्ध भएर अघि बढन काँग्रेस–कम्युनिष्ट पार्टीहरुलाई आग्रह गर्नु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र सकिन लागेको भन्दै त्यसलाई बलियो बनाउन पनि समाजवादका पक्षधर राजनीतिक पार्टीहरु जुर्मुराएर उठनुपर्ने बताउनु भयो । नेता कार्कीले भन्नु भयो, ‘हाम्रो धर्म निरपेक्षता, हाम्रो संघीय प्रजातन्त्र, हाम्रो समावेशी प्रजातन्त्र र हाम्रो गणतन्त्र नियाउरो भएर, रुन्चे भएर, पिलन्धरे भएर सकिन लागेको छ । हाम्रो राजनीतिक संस्कृति रुन्चे भएको कारणले गर्दा प्रतिगामीहरु कस्सिएर आएका छन । उनीहरुको आँट बढेको छ । अव एकचोटी यो बाँकि रहेका कम्युनिष्टहरु र समाजबाद मान्ने काँग्रेसहरु एकचोटी जुर्मुराउने हो भने, नया तरिकाले आफूलाई अघि बढाउने हो भने विकल्प फेरी पनि समाजवादनै हो । नेपाली समाजको विकल्प भनेको समाजवाद मात्रै हुन सक्छ ।’
कार्यक्रममा बोल्दै नेकपा –माले)का महासचिव सिपी मैनालीले ठूला राजनीतिक दलहरुले विगतमा गरेका गल्ती, कमजोरीहरुलाई सच्याउँदै अघि बढनुपर्ने बताउनु भयो । उहाँले मिशन २०८४ लाई सफल बनाउन पनि ठूला राजनीतिक दलहरुले विचार, राजनीतिक र शैलीमा आमूल सुधार गरेर अघि बढनुपर्ने बताउनु भयो । महासचिव मैनालीले भन्नु भयो, ‘विगतमा गरिएको गल्ती, कमजोरीहरुलाई सच्याएर, चिन्हित गरेर तिनीहरुलाई सच्याउने काम ग¥यो भने मिशन २०८४ हुन्छ । अहिलेको मिशन २०८४ के हो ? कसैले पनि मिशन २०८४ को नाममा विगत ७५ वर्षको सिद्धान्तमा, राजनीतिमा, शैलीमा के भयो भनेर कसैले पनि समिक्षा गरेर अघि बढन चाहेको देखिदैन । यसले मुलुकलाई अघि बढाउन सक्दैन ।’
महासचिव मैनालीले ठूला दलहरुले आफूलाई पुनर्विचार नगरेकै कारण नयाँ राजनीतिक दलहरुले खेल्ने अवसर पाएको जिकिर समेत गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच