
विराटनगर । कोशीका नव नियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
नवनियुत्त मुख्यमन्त्री कार्कीले एमाले सांसद रामबहादुर राना र कांग्रेस सांसद शम्शेर राईसहितको तीन सदस्यीय मन्त्रिपरिषद गठन समेत गर्नुभएको छ । रानामगर नेकपा एमाले र राई नेपाली कांग्रेसका तर्फबाट मन्त्रिमण्डलमा सहभागी हुनुभएको हो ।
यता सत्तारुढ गठबन्धनले भने मुख्यमन्त्री कार्कीलाई आफ्नो उम्मेदवार बनाउने घोषणा गर्दै एमाले बाहेकको मन्त्रिपरिषद् गठन हुने अपेक्षा लिएकाे थियो । तर, कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले कांग्रेस नेता डा. शेखर कोइराला र एमाले अध्यक्ष केपी ओलीलाई भेटेर आएपछि आज ३ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको हो ।
कांग्रेसका ८ विद्रोही प्रदेश सभा सदस्य र ३९ एमाले प्रदेश सभा सदस्यको समर्थनमा शनिबार मुख्यमन्त्री बन्नुभएको कार्कीलाई एमालेले प्रतिबद्धतामा इमान्दार रहेसम्म समर्थन गर्ने जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच