कालीकोट । ६८ ओैँ प्रहरी दिवस कालीकोटमा पनि भब्य रुपमा मनाइएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटको आयोजनामा भएको ६८ औँ प्रहरी दिवस भव्यताका साथ सम्पन्न भएको हो ।
जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजीत शाही प्रमुख अतिथि रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले नेपाल प्रहरीको गर्विलो इतिहास र सुनौलो भविष्य रहेको र जनताको आशा र भरोसाको केन्द्रमा नेपाल प्रहरी रहेकाले प्रहरीको आशा र भरोसालाई कायम राख्न नेपाल प्रहरी सफल हुने विश्वास ब्यक्त गर्नुभएको छ ।
कार्यक्रमका बिशेष अतिथि प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जनाताको जिउधनको सुरुक्षाको लागि नेपाल प्रहरीलाई सबैले थप सहयोग गर्नुपर्ने बताउँदै जनाताको सेवक अर्थात पीडितको पक्षमा काम गर्न दत्तचित्त भएर लाग्न सबै प्रहरीलाई आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी माझीले कालीकोट जस्तो विकट ठाउँमा प्रहरीले राम्रो काम गरेको स्मरण गर्दै आगामी दिनहरूमा कर्णाली प्रदेशले लिएको सुरुक्षित कर्णाली प्रदेश अभियानलाई सफल बनाउनको लागि सबै सरोकारवाला निकाय सकारात्मक सोचका साथ कानुनको पालना गरेर अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा सबै स्थानीय तहहरुको तर्फबाट आफ्नो शुभकामना मन्तव्य राख्दै नरहरीनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले समाजमा सुशासन र शान्तिसुरक्षा कायम गर्न सबै नागरीक बिनाबर्दिको नेपाल प्रहरी भएको बताउँदै जनतालाई उचित न्याय प्रदान गर्न नेपाल प्रहरीको उल्लेखनीय भूमिका रहेको बताउनुभयो । साथै उहाँले देशमा बनेका ऐन कानुको प्रभावकारी कार्यान्यन गर्नमा पनि नेपाल प्रहरीको बिशेश भमिका रहेको बताउनुभएको छ ।
६८ ओैँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी इकाईका प्रहरी कर्माचरी, तथा प्रहरी कार्यमा सहयोग गर्ने र जग्गादाताहरुलाई प्रहरी कार्यालय कालीकोटबाट प्राप्त कदर पत्र प्रदान गरिएको छ । साथै अमर प्रहरी परिवारजनलाई दोसल्ला ओढाई प्रमुख अतिथि शाहीले सम्मान गर्नुभएको थियो ।
सो कार्यक्रममा ६८ औँ प्रहरी दिवस २०८० को अवसरमा विभिन्न बिधामा सञ्चालन गरिएको ब्याटमिन्टन, टेबल टेनिस, निबन्ध जस्ता खेल तथा प्रतियोगितामा खेलकुदमा प्रथम, द्वितीय, तृतीय हुनेलाई प्रमाण पत्र र मेडल प्रदान गरीएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच