कालीकोट । दशैँ नजिकिँदै गर्दा जिल्लाका विभिन्न गाउँमा स्थानीयवासीको चहलपहल निकै बढेको छ । दशैँ आउन दुईदिन मात्रै बाकीँ रहँदा कालीकोटको सदरमुकाम मान्म बजार यतिबेला सुनसान बन्दै गएको छ ।
जिल्ला सदरमुकाम मान्ममा अध्ययन गर्ने विद्यार्थी, कर्मचारी व्यापार व्यवसाय गरी बस्ने व्यापारी र सरकारी कार्यालयमा बिदापछि कर्मचारीसमेत बाहिरिएपछि सदरमुकाम मान्म बजार सुनसान बनेको हो ।
रोजगार, अध्ययन र अन्य कामका लागि गाउँबाट बहिरिएका चाडबाडका लागि गाउँ फर्केपछि यहाँका ग्रामीणवस्तीमा भने निकै चहलपहल छाएको छ, “कामको सिलसिलामा गाउँ छोडेर गएका अहिले धमाधम गाउँ फर्किन थालेपछि गाउँमा दशैँको निकै चहलपहल बढेको छ, तर शहर बजार भने खाली हुँदै गएका छन् ।”
शनिबारदेखि सदरमुकाम मान्म बजार करीब करीब सुनसान बनेको सदरमुकाम मान्म बजारको प्रतिमाचोकमा खाद्य खुद्रा पसल ब्यापार गर्दै आउनुभएका नेत्र भट्टले बताउनभयो । ‘उहाँले भन्नुभयो, “सबै मान्छे आ–आफना गाउँ फर्किन थालेका छन्, बजारमा व्यापारसमेत घटेको छ । “बजारमा व्यापार आधाभन्दा बढी घटेको बडिमालीका फेन्सी स्टोरका ब्यावसायी गणेश धमलाले बताउनुभयो ‘उहाँले भन्नुभयो, “बजारमा खासै मान्छे देखिदैनन्, ग्राहक नहुँदा बजारसमेत सुनसान बन्दै गएको छ ।”
सदरमुकाम मान्म बजारमा व्यापार व्यवसाय गर्ने आधाभन्दा बढी ग्रामीण क्षेत्रका विभिन्न गाउँबाट आएका छन् भने कतिपय जिल्ला बाहिरबाट आएर व्यापार व्यवसाय गरीरहेका छन् । उनीहरूसमेत अधिकांश पसल बन्द गरेर गाउँ फर्केपछि मान्म बजार अहिले सुनसान हुन थालेको हो ।
बजारभरिमा सुरक्षाकर्मी मात्रै देखिने गरेका छन् । सदरमुकाम बाहिरका गाउँमा भने चहलपहल निकै बढेको छ । उहाँले भन्नुभयो, “गाउँमा निकै रमाइलो भएको छ, गाउँबाट बाहिरीएका सबै गाउँघर फर्किदैछन्, अहिले त यहाँका गाउँ बजार भन्दा कम छैनन् ।” त्यस्तै यहाँका ग्रामीण क्षेत्रका पसलमा व्यापार व्यवसाय पनि निकै फष्टाएको स्थानीयबासी बताउँछन् । त्यस्तै यहाँका ग्रामीण क्षेत्रमा रहेका पुराना दरवार, कोट तथा भगवतीका मन्दिरमा दैनिक हुने पूजापाठसमेतले गाउँको रौनक छुट्टै बनाएको छ ।
सडक सुविधाले गाउँमै खोजेरोजे अनुसारका सबै सामग्री पाइने भएपछि गाउँका बजारमा दिनहुँ भीड लाग्ने गरेको स्थानीयको भनाई छ । अधिकांश गाउँलाई सडक यातायातले छोएका कारण पनि स्थानीय अहिले धमाधम आफना गाउँघर फर्किन थालेका हुन् ।
जिल्लामा करीव ३८ वटा सरकारी कार्यालयहरु रहेका छन् । क्रियाशील करीब एक दर्जन गैैरसरकारी निकायहरु सक्रिय रहेका छन् । हाल सरकारी कार्यालयमा कर्मचारी निकै कम छन् भने गैरसरकारी निकायमा समेत कर्मचारी दशै बिदामा घर तिर लाग्न थालेका छन् । जिल्लामा रहेका सुरक्षा निकायका प्रमूखहरु बाहेक सबै सरकारी निकायहरु पनि सुनशान छन् । जिल्लाका सुरक्षा निकायका प्रमूखहरु जिल्लाको शान्ति सुरक्षाका लागि बिदा नमिल्ने भएकाले जिल्ला कुरीरहेका छन् ।
धन्यवाद समाचारका लागी मान बहादुर जी ।