दशैँ लगत्तै भारतीले शुरु गरिन् अनसन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनसन शुरु गर्नुभएको छ ।

श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनसन शुरु गर्नुभएको हो ।

श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले बिरोध गर्दै आएका छन् ।

भारतीले आज (आईतवार) बाट माईतीघर मण्डलामा पुनः रिले अनसन शुरु गर्नुभएको हो । २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?