लण्डन । एडवर्ड एनकेटियाको हृयाट्रिक सहयोगमा लण्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गर्दै शीर्षस्थानको टोटनहम हटस्परसँगको अंक दूरी छोट्याएको छ । हइमिरेट्स स्टेडियम लण्डनमा शनिबार राती भएको एकपक्षीय खेलमा घरेलु टोलीको फराकिलो जितमा एडवर्ड एनकेटियाले हृयाट्रिक पूरा गर्दा फावियो भिइरा र ताकेहिरो टोमीयसुले समान एक गोल गर्नुभयो ।
२८औँ मिनेटमा एडवर्डको गोलबाट आर्सनलले पहिलो हाफमा १-० को अग्रता लिन सफल भएको थियो । उहाँले डिक्लन रिसको पासमा गोल गर्नुभयो । ५०औँ मिनेटमा एडवर्डले अर्काे गोल थप्दै आर्सनलको अग्रता दोब्बर पार्नुभयो । ५८औँ मिनेटमा एडवर्डले इमिल स्मिथ रोवीको पासमा गोल गर्दै हृयाट्रिक पूरा गर्नुभयो । त्यसपछि ८८औँ मिनेटमा फावियोले पेनाल्टीमार्फत् गोल गर्दै आर्सनललाई सानदार जिततर्फ अघि बढाउनुभयो । इन्जुरी समयको थप गरिएको छैटौँ मिनेटमा ताकेहिरो टोमीयसुले गोल गर्दै आर्सनललाई ५-० को जित दिलाउनुभयो ।
यस जितसँगै दोस्रो स्थानमा उक्लिएको आर्सनलको १० खेलबाट २४ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानको टोटनहमको २६ अंक छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको २१ अंक छ । पराजित सेफिल्ड एक अंकसहित पुछारमा छ । यस्तै अर्काे खेलमा बर्नमाउथले बर्नलेलाई २–१ ले पराजित गर्दा वल्भ्स र न्युक्यासल युनाइटेडले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
यता युवा मिडफिल्डर जुड बेलिंघमले दुई गोल गर्दा रियल म्याड्रिडले बार्सिलोनालाई २-१ ले पराजित गरेको छ । बार्सिलोनाले इल्काए गुन्डोगानको गोलमा सुरुवाती अग्रता लिएको थियो । खेलको सातौँ मिनेटमा गुन्डोगानले बार्सिलोनालाई अग्रता दिलाउनुभयो । ६८औँ मिनेटमा रियलले बराबरी गोल ग¥यो । बेलिंघमले झण्डै ३५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहारले सिधै जाली चुमेको थियो । खेलको अन्त्यतिर बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै पुनरागमन गर्दै रियललाई जित दिलाउनुभयो ।
जितपछि रियल पुनः लिगको शीर्षस्थानमा उक्लिएको छ । ११ खेलमा रियलको २८ अंक छ । दोस्रो स्थानमा रहेको जिरोनाको पनि समान २८ अंक छ । पराजित बार्सिलोनाको २४ अंक छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच