नवलपरासी । पश्चिम नवलपरासीमा स्रोत नखुलेको १६ लाख ५० हजार रकमसहित एक जनालाई बिहीबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका-२ हरपुरका २५ वर्षीय इमरान खान रहेका छन्।
भारतीय सीमावर्ती क्षेत्र महेशपुरबाट परासीतर्फ लु ९० प ७८८५ नम्बरको मोटरसाइकलबाट आउँदै गरेका उनलाई शंका लागेर चेकजाँच गर्ने क्रममा रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नयाव उपरीक्षक रेशम बोहराले जानकारी दिनु भयो । कालो ब्यागमा राखेर ल्याउँदै गरेको अवस्थामा बरामद भएको रकम १ हजार दरका ७ सय र ५ सय दरका १९ सय थान रहेको छ। बोहराका अनुसार पक्राउ परेका खानलाई रकमसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।
सीमावर्ती भारतीय बजारमा नेपाली नोटको कारोबार हुने गरेको छ। नेपालबाट भारतमा कारोबार गर्ने नेपाली व्यापारीलाई रकम बुझाउन वा भारतीय रकम साट्नका लागि भारतीय व्यापारीहरूसँगबाट उक्त रकम ल्याइएको हुन सक्ने आशंका गरिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच