झापा । उज्वेकिस्तानका डिफेन्डर समन्दर ओचिलोभ दोस्रो संस्करणको नेपाल सुपर लिगका लागि झापा एफसीसँग विदेशी खेलाडीका रूपमा अनुबन्धित हुनुभएको छ । झापा एफसीले आफ्नो सामाजिक सञ्जालबाट समन्दर ओचिलोभलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
समन्दरले कजाकिस्तान, उज्वेकिस्तान, ताजकिस्तान, भारतलगायतका देशहरूमा खेलिसक्नुभएको छ । २८ वर्षीय उज्वेक डिफेन्डरले झापा एफसीका मार्की खेलाडी अञ्जन विष्टसँगै आई लिगमा खेलिसक्नुभएको छ । हाल कजाकिस्तानमा व्यावसायिक फुटबल खेलिरहनुभएका उहाँसँग एएफसी लिग खेलेको अनुभव छ । झापा एफसीसँग जोडिन पाउँदा निकै खुसी रहेको र जित्नका लागि खेल्ने बताउनुभयो ।
झापा एफसीका अध्यक्ष अर्पणविक्रम खड्काले समन्दरको आगमनले टिमको डिफेन्स बलियो भएको बताउनुभयो । एसियन फुटबलको निकै अनुभवी समन्दरको आगमनले डिफेन्स लाइन निकै बलियो हुने आशा गरिएको उहाँले जनाउनुभयो । छिरङि र योगेश जस्ता आशालाग्दा खेलाडी पहिल्यै रहेको र समन्दरको अनुभवले डिफेन्स लाइन सन्तुलित भएको उहाँको भनाइ छ ।
झापा एफसीले यसअघि गोलरक्षक स्टेफन कुपिजलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ । झापा एफसीले स्पोर्टिङ डी इलामसँग मंसिर ११ गते खेल्दै नेपाल सुपर लिगको सुरूवात गर्नेछ । एनएसएलको दोस्रो संस्करण मंसिर ८ गतेबाट काठमाडौंको दशरथ रंगशालामा आयोजना हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच