काठमाडौं । निर्माता तथा निर्देशक निश्चल बस्नेतले सर्वाधिक सफल मानिएको फिल्म लुटपछि नयाँ फिल्म दिमाग खराब निर्माण गरेका छन् । आगामी कात्तिक २४ गतेदेखि देभरका फिल्म हलमा उक्त चलचित्र एकासाथ लाग्दैछ । चलचित्रको केही दिन अघि मात्र ट्रेलर रिलिज गरिएको छ ।
रौनक बिक्रम कँडेल निर्माता रहेको चलचित्रको निर्देशक निश्चल बस्नेतले गरेका छन् । चलचित्रमा निकै चलेका र रुचाइएको कलाकारहरुको अनिभय छ ।
चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राइ, स्वतिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्कीलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । हरेक व्यक्तिको दैनिक जीवनमा आइपर्ने र ठोकिने कुराले कसरी मानिसलाई दिमाग खराब भइरहेको हुन्छ भन्ने बिषयलाई चलचित्रमा देखाउन खोजिएको निर्देशक बस्नेतले बताए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच