जाजरकोट भूकम्प : खोज तथा उद्धार जारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली सेनाले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा खटिएको सेनाको फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार जारी राखेको जनाएको छ । परिचालित फौजले मृतकको शव तथा घाइतेहरुको उद्धार गरी अस्पताल पठाउने काम गरिरहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

गए राति ११ः४७ बजे जाजरकोटको बारिकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु बनाएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गए लगत्तै प्रभावित इलाकामा नेपाली सेनाको खोज तथा उद्धार टोली परिचालन भएको प्रवक्ता भण्डारीको भनाइ छ ।

काठमाडौं, सुर्खेत र नेपालगञ्जमा डा अधिकृत र स्वास्थ्य सामग्रीसहितको टोली थप उद्धार लागि ‘स्ट्याण्डबाइ’ राखिएको र घाइतेको थप उपचारका लागि सैनिक अस्पताल नेपालगञ्ज र बीरेन्द्र अस्पताल छाउनीमा डा अधिकृतको टोली तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि एनए-०५७ एमआई हेलिकप्टोरमार्फत काठमाडौँबाट चौरजहारीमा तीन जना डाक्टरसहित १६ जना, एनए-०१६०६४ स्काइ ट्रकमार्फत काठमाडौंबाट चौरजहारीमा १६ जना, एनए-०६१ बेल हेलिकोप्टरमार्फत सुर्खेत लामिडाँडामा तीन जना र एनए-०३८ एमआई हेलिकोप्टरमार्फत काठमाडौंबाट चौरजहारीमा २६ जना मेडिकल टिमसहितका फौज परिचालन गरिएको नेपाली सेनाले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?