एसएस फाउण्डेशनद्वारा एशियाडमा रजत पदक प्राप्त गुरुङलाई सम्मान

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । एसएस फाउण्डेशनले एशियाली खेलकदमा रजत पदक विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ ।

सोमवार शुभ दीपावलीको अवसरमा एशियाली खेलकुदमा रजत पदक प्राप्त गर्न सफल खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो । चीनको हाङझाउमा जारी १९ औं एशियाली खेलकुदको करातेमा एरिका गुरुङले रजत पदक प्राप्त गर्नुभएको थियो । पदक विजेता खेलाडी गुरुङ र उनका प्रशिक्षकलाई फाउण्डेशनले प्रमाणपत्र र ३१ हजार नगदसहित सम्मान गरेको हो ।

सम्मान प्रदान गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले नेपालले अरु क्षेत्रमा प्रगति गर्न नसके पनि खेल क्षेत्रमा विशेष सफलता हासिल गरेको बताउनु भयो । उहाँले खेलकुदमा हासिल गरेको सफलताले अझै शिखर चुम्नुपर्ने बताउनु भयो । उहाँले जलश्रोतमा नेपालको अपरा सम्भाव्यता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालले अरु क्षेत्रमा प्रगति गर्न नसके पनि खेल क्षेत्रमा विशेष सफलता हासिल गरेको छ । यो खेलकुदमा हासिल गरेको सफलता र जलश्रोतमा भएको अपार सम्भाव्यताले हरेक तिहारमा नेपाललाई उज्यालो पारोस् ।’

सो अवसरमा फाउण्डेशनले दोलखाली पत्रकार समाजको अध्यक्ष भएकोमा फोटो पत्रकार ज्ञानेन्द्र कार्कीलाई पनि सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जना पक्राउ आज र भोलि काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्र बनाउन मन्त्री मेहताको जोड भोजपुरमा राति सवारी आवागमन बन्द बूढी राप्तीमा घुँगी खोज्न गएका व्यक्तिको डुबेर मृत्यु भीषण वर्षाको जोखिम : राति हेटौंडाबाट काठमाडौं जाने सवारी अस्थायी रूपमा रोकियो गृह मन्त्रालय प्रवेशमा रोकिएपछि निहारिका राजपुत र बिनु यादवको विरोध प्रदर्शन एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल क्यान्सर उपचाररत बाढीपहिरोले देशका छ प्रमुख राजमार्ग अवरुद्ध, सतर्कता अपनाउन आग्रह तीन महिनाभित्र तीन लाख सदस्य बनाउने लक्ष्य, संगठन विस्तारमा जुट्न कुलमान घिसिङको…