नुवाकोट । साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित सोमान्कासंग्र्रह ‘मायामार्ग’ नामक कृति सार्वजनिक भएको छ । नुवाकोट साहित्य प्रतिष्ठानद्वारा नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा आयोजित एक कार्यक्रममा साहित्यकार, प्रतिष्ठानका पदाधिकारी एवं उपस्थित विभिन्न क्षेत्रका प्रतिनिधिहरूले संयुक्तरूपमा कृतिको लोकार्पण गर्नुभएको हो । ‘मायामार्ग’ जापानी शैलीको कविताहरू सोमान्का संग्रहित गरिएको कृति हो ।
लोकार्पण कार्यक्रममा नुवाकोट साहित्य प्रतिष्ठानका कार्यवाहक सभापति जानुका दाहाल, कवि रामकृष्ण अमर, राजनीतिज्ञ ध्रुव ढकाल, प्राध्यापक ओमकारेश्वर आचार्यलगायतले शुभकामना तथा मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नुवाकोटको विदुरमा विसं २०३१ सालमा जन्मिनुभएका श्रेष्ठका हालसम्म जीवनीसंग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापानिज साहित्यका हाइकुल, तान्का, सिजो, कटौता, सेदोका, डोडोइट्सु, मन्डो जस्ता विधाका पुस्तकहरू प्रकाशित छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच