गर्भवतीको घरमा निलो झण्डा

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । हिमाली जिल्ला हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले गर्भवती महिलाको घर सहजै पहिचान होस् भने निलो भण्डा राखेको छ । १ देखि ८ वडा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतका सबै स्वास्थ्य चौकी अन्तर्गत रहेका गर्भवती महिलाहरुको घरमा निलो भण्डा राखेको हो ।

सहजै गर्भवती घर पहिचानका लागि उक्त झण्डा राखिएको हो । सिमकोट गाउँपालिका १ देखि ८ वडा सम्म १ सय १० जना गर्भवती महिला रहेका छन् भने उनीहरु सबैको घरमा निलो झण्डा राखिएको स्वास्थ्य शाखा संयोजक नर बहादुर भण्डारीले बताउनुभयो ।

गर्भवती महिला सुत्केरी नहुन्जेलसम्म गर्भजाँच सेवामा प्रोत्साहन सेवा प्रवाहमा सहजता, लक्षित वर्ग पहिचानको लागि यो अभियान सञ्चालन गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक भण्डारीले बताउनुभयो । सबै वडामा रहेको स्वास्थ्य संस्थाहरुलाई दशैँ र तिहारको विचमा वितरण भएको र उक्त झण्डा गर्भवती महिलाहरुका घरमा निलो झण्डा राखिएको हो । ‘गर्भवती पहिचान घर कार्यक्रम’ सिमकोट गाउँपालिकाले लेखेको झण्डा गर्भवतीको घरमा राखीएको छ । यो गर्भवती महिलाको घर हो भन्ने कुरा जसवाट सजिलै थाहा हुने उहाँले बताउनुभयो ।

स्वास्थ्य संयोजक भण्डारीले भन्नुभयो, “स्वास्थ्यकर्मी पुग्दा पनि निलो झण्डाले महिलाको घर पहिचान गर्न सजिलो हनेछ,” यो अभियानले गर्भवती महिलाहरुको घरमा सुत्केरी गराउनेको सख्या घट्ने छ । सिमकोट गाउँपालिका वडा १ देखि ८ वडामा शिशु र आमाको मृत्युदर घटाउनको लागी गर्भवती महिलाको घरमा निलो झण्डा राखिएको हो ।” झण्डाले घर पहिचान गर्ने र स्वास्थ्यकर्मीलाई पनि घरमै गएर सेवा दिन सहज हुने संयोजक भण्डारीले बताउनुभयो ।

सिमकोट गाउँपालिका वडा १ मा ८ जना, २ मा १५ जना, ३ मा २ जना, ४ मा ४ जान, ५ मा १६ जना, ६ मा १२ जना, ७ मा २३ जना र ८ मा ३० जना सुत्केरी गराउनेको सख्या रहेको छ । यी सबै गर्भवतीको घरमा निलो झण्डा राखिएको संयोजक भण्डारीले बताउनुभयो । ग्रामीण भेगमा आर्थिक अभाव जनचेतनाको कमी र रुढीवादी परम्पराले गर्दा घरमै सुत्केरी गराउदा आमा र शिशुलाई जोखिम हुने भएकाले झण्डा मार्फत घर पहिचान गरेमा स्वास्थ्यकर्मीले विशेष प्राथमिकता भएको छ ।

गर्भ अवस्थामा नियमित स्वास्थ्य जाँच गर्नुपर्ने र पोषिलो शाखा खाने, टिटि सुई लगाएत जनचेतना दिने कार्याक्रम समेत सञ्चालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?