काठमाडौं । चार देश सम्मिलित महिला टी-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आइतबार भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो । हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा ११५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दु बर्माले १२ रन बनाउनुभयो ।
बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक-एक विकेट लिनुभयो । ११६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन बनायो । जापानका लागि अकरी निशीमुराले २९, हिनासे गोटोले १६ र अहिल्या चण्डेलले ११ रन बनाउनुभयो ।
बलिङतर्फ नेपालका संगीता राई, इन्दु बर्मा, सीता राना मगर, खुसी डंगोल र सोनी पाख्रिनले एक-एक विकेट लिनुभयो । महिला टी-२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् ।
नेपाल लिगमा तान्जानियासँग २७ रन र हङकङसँग नौ विकेटले पराजित हुँदै फाइनलबाट बाहिरिएको थियो । अन्तिम खेलमा जापानलाई ६७ रनले हराएको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच