
काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेडियो र टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता संगठन इन्टरनेशनल एसोसियसन अफ वमन इन रेडियो एण्ड टेलिभिजन (आइर्वाट)ले अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिबल आयोजना गर्ने भएको छ ।
रेडियो र टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता संगठनको रूपमा चिनिने आइवार्टले महिला निर्देशकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यही मंसिर ९ गते शनिवार अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिबलको आयोजना गर्न लागेको आइवार्ट नेपाल च्याप्टरका अध्यक्ष इच्छा गुरुङले जानकारी दिनुभयो । यो महोत्सव नेपाल चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजना हुनेछ ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला चलचित्र निर्देशकहरूको सहभागिता जनाउने तथा नेपाललगायत विभिन्न देशका महिला निर्देशकहरूले निर्देशन गरेका फिल्महरू प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा नेपाली सर्ट फिल्म प्रतिस्पर्धाका विजेताहरूलाई अर्वाड प्रदान गरिने छ । नेपाली फिल्म क्षेत्रमा रहेका रचनात्मक र सिर्जनशील महिला निर्देशक विविध कारणले पछाडि परेको भन्दै प्रोत्साहन गर्ने हेतुले आइवार्ट नेपाली च्याप्टरको सुुरुवात गरिएको फिल्म फेस्टिबलका निर्देशक संगीता श्रेष्ठले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच