काठमाडौं । चलचित्र ‘रंगेली’मा अभिनेत्री मिरुना मगर ‘जुनकिरी’ बन्नुभएको छ । आगामी फागुन २५ गते महाशिवरात्रिको दिनदेखि विश्वव्यापी रिलिज हुने यो चलचित्रमा मिरुनालाई ‘जुनकिरी’को रूपमा परिचय गराउँदै उहाँको क्यारेक्टर झल्किने पोस्टर निर्माण टिमले सार्वजनिक गरेको हो ।
चलचित्रका निर्देशक अर्जुन सुवेदीले मिरुनाले अहिलेसम्म अभिनय गरेको भन्दा भिन्न चरित्र निर्वाह गरेको कारण दर्शकलाई थप चासो हुने विश्वास व्यक्त गर्नुभयो । सुवेदीकै लेखन रहेको ‘रंगेली’मा मिरुनाको साथमा दयाहाङ राई, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायतको प्रमुख भूमिका छ । चलचित्रका गीतमा हर्क साउद, अर्जुन सुवेदी र सविन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत छ ।
सुशन प्रजापतिको छायांकन रहेको यो चलचित्रको कार्यकारी निर्मातामा जितेन्द्र खतिवडा र अनुजजंग थापा हुनुहुन्छ भने निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ तथा सहनिर्मातामा युवक कार्की एवं शिवशंकर चौलागाईं रहनुभएको छ । विवेक खड्का (योलो) एशोसियट निर्माता हुनुहुन्छ ।
अष्ट्रेलिया र अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोवास रहेका अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, हङकङलगायत विश्वका विभिन्न मुलुकमा एकसाथ प्रदर्शनमा आउने निर्माणपक्षले जनाएको छ । जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईं र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ तथा अष्ट्रेलियामा ‘हट बिट्स इभेन्टस्’ले ‘रंगेली’ प्रदर्शन गर्दैछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच