उर्लाबारी । मोरङको उर्लाबारी ७ इटहरारोडको सुन पसलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
आगलागीमा शक्त घाइते भएका उर्लाबारी ७ का ४२ वर्षीय कुमार तामाङको उपचारका क्रममा आज मृत्यु भएको छ ।
उनको काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
अस्पतालको आइसियु कक्षमा उपचाररत तामाङको आज बिहान ६२५ बजे निधन भएको थियो । तामाङको शरीरको विभिन्न भागमा गरी ६५ प्रतिशत जलन भएको थियो ।
गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति मोरङको उर्लाबारी –७ इटहरा रोडमा स्थानीय दीपक कार्कीको सुन पसलमा अचानक आगलागी हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । हाल सो अस्पतालमा २२ जना घाइतेको उपचार भइरहेको छ ।
जसमध्ये ६ जना सघन उपचार कक्षमा उपचार भइरहेको छ । यसअघि उपचाररत तपन पण्डित र हेमकुमार दाहालको मृत्यु भइसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच