काठमाडौं । बिवाइडीको नेपालस्थित अधिकृत बिक्रेता साइमेक्स इन्कले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो सिजनमा पनि सहकार्य गरेको छ । कम्पनीले आगामी दोस्रो सिजनमा पनि ललितपुर सिटी फुटबल क्लब (एलसिएफसी) सँग मोबिलिटी पार्टनरका रूपमा फेरि सहकार्य सम्झौता गरेको हो ।
सहकार्यले साइमेक्स इन्क र बिवाइडीको प्रविधि र दिगो विकासको साझा प्रतिबद्धतालाई जोडेको कम्पनीले जनाएको छ । शुक्रबारदेखि नेपाल सुपर लिगका नौ फ्रेन्चाइज फुटबल टिममध्येको एक ललितपुर सिटी फुटबल क्लबले बागमती प्रदेशको ललितपुरको प्रतिनिधित्व गर्दैछ ।
ललितपुर सिटी फुटबल क्लबको जर्सीमा देखिने साइमेक्सको लोगोले सवारीसाधनमा नयाँ प्रविधिको विकास र खेलकुदबीचको सहकार्य दर्शाउने कम्पनीको दाबी छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ भन्नुहुन्छ, ‘नेपाल सुपर लिगको दोस्रो सिजनका लागि ललितपुर सिटी फुटबल क्लबसँगको बिवाइडीको साझेदारीले हामी निकै उत्साहित छौँ ।
यो हाम्रो सहयात्राले खेलको मैदानदेखि बाहिरसम्म, खेल र दिगो विकासको सम्बन्ध अझै प्रगाढ हुने र सवारीसाधनमा आएका नयाँ प्रविधिको विकासले समुदायमा परेको सकारात्मक प्रभाव स्पष्टसँग देखाउनेमा ढुक्क छौँ ।’







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर