जाजरकोट । नेपालको सामाजिक सेवामा उल्लेख्य योगदान दिँदै आउनुभएका मनकारी समाजसेवी दम्पती मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा सञ्चालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसी सेजल एण्ड सिस्टर टुर्स एण्ड टाभल्सले नेपालको सुदूरपश्चिममा हालै गएको विनाशकारी भूकम्पपीडितलाई आर्थिक सहयोग प्रदान गरेको छ । सुवेदीले जाजरकोट र रुकुम पश्चिममा भएको भूकम्पका कारण निधन भएका प्रतिव्यक्ति नगद १५ हजारका दरले तथा घाइते परिवारलाई पाँचदेखि आठ हजारका दरले स्वयं उपस्थित भई पीडित परिवारलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।
त्यसो त उहाँहरूले अमेरिकामै बसेर सहयोग गर्ने रकम सिधै प्रधानमन्त्री राहत कोषमार्फत नै जम्मा गरिदिन पनि सक्नुहुन्थ्यो तर परिवारको चाहनानुसार पीडित परिवारमा सहानुभूती र पीडितलाई जति सक्दो आफ्नोतर्फबाट थप के कस्ता सहयोग गर्न सकिन्छ भन्ने हेतु हतारिँदै आएर विनाशकारी भूकम्पस्थल पुगी नगद हस्तान्तरण गर्नुभयो ।
परोपकारी मनका धनी मेघ सुवेदीलाई साथ दिन पुग्नुभयो रंग पत्रकार प्रकाश सुवेदी वरिष्ठ चलचित्रकर्मी छविराज ओझा, संस्थाका नेपाल प्रतिनिधि एवं नायक सञ्जित भण्डारी, पत्रकार तथा समाजसेवी राज लुइँटेल, निर्माता निर्देशक शंकर घिमिरे, समाजसेवी मोहन थापा, चलचित्र पत्रकार अनुप भटराई, निशा बजगाईं, रचना गौतम, पत्रकार कोमलचन्द्र भगवत, कुबेर तमाङ, मोहमद् जालिम, कलाकार सम्राट थापा तथा पत्रकार हरिहर सिंह राथोर । नगद वितरण कार्यक्रममा वास्तविक भूकम्पपीडित र सत्य तथ्य विवरण उपलब्ध गराउने तथा समन्वयनकारी कार्यका लागि समाजसेवी नरबहादुर कार्कीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
नगद वितरण कार्यक्रममा सहभागी हुने व्यक्तित्वले विदेशी भूमिमा रहेर पनि स्वदेशमा आवश्यक परेको बेला पीडितको आवश्यकता अनुसार सहयोगका लागि तत्कालै नेपाल आई भूकम्पपीडितलाई राहत प्रदान गरेकोमा समाजसेवी सुवेदी दम्पतीलाई धन्यवाद दिएका थिए । यसैगरी भूकम्प प्रभावित क्षेत्रका स्थानीय तथा पीडितले सरकार र दलका नेताले आएर मुखमात्र देखाएर गइरहँदा विदेशमा बसेका सुवेदीले आएर नगदै राहत सहयोग गरेकामा भगवान नै आएर मलम लगाएको महुसस भएको बताएका थिए ।
व्यक्तिगत रूपमै घाइते र मृतक व्यक्तिलाई स्वयं उपस्थित भई उनीहरूको घाउमा मलम लगाउन सात समुद्र पारिदेखि आएर सहयोग गरेको देख्दा आफूहरू सुवेदी दम्पतीप्रति निकै प्रभावित भएको सञ्चारकर्मी सुवेदीले बताउनुभयो । यस्तै, निर्माता निर्देशक छविराज ओझाले व्यक्तिगत रूपमै ठूलो रकम यसरी पीडितलाई सहयोग गर्नु सुवेदी दम्पतीको महानतादेखि आफू भावुक भएको सुनाउनुभयो ।
नायक सञ्जित भण्डारीका अनुसार समाजसेवी सुवेदी दम्पतीका छोरीहरू सेजल र सिस्टरले आफ्नो खाजाका लागि छुट्याइएको रकम संकलनगरी नेपालमा दुःखी र असाहयलाई सहयोग गर्दै आइनरहनुभएको छ । यसो त सुवेदी दम्पती नेपालमा हुने विभिन्न दैवी प्रकोपमा परेका पीडितको मात्र नभई नियमित रूपमै दुःख कष्ट भोगेका जनताको दुःखमा जोडिँदै आउनुभएको छ ।
सुवेदी दम्पतीले झापा जिल्लाका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आइरहनु भएको छ । झापाकै बेलडांगी शिविरका अपांग भई जिविकोपार्जन गर्न नसकेकालाई मासिक एक लाख बीस हजार सहयोग प्रदान गर्दै आइरहनु भएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेसन अफ अमेरिकाका संस्थापक सिएफओसमेत रहनुभएका सुवेदीले सो संस्थाबाट करोडौं बराबरको विभिन्न राहत सामग्री नेपालका विभिन्न स्थानमा वितरण गर्दै आइरहेको छ ।
उहाँले हालैमात्र पर्सा र नवलपुर जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गर्नुभएको थियो भने स्नेही काखलाई भवन निर्माणका लागि २१ लाखभन्दा बढी आर्थिक सहयोगदेखि लकडाउनको समयमा देशका विभिन्न स्थानमा दैनिक खाना वितरण र मेलम्ची बाढी पीडितका लागि आवश्यक सहयोग गर्दै आइरहनु भएको छ ।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेसन अफ अमेरिकाका संस्थापक सिएफओसमेत रहनुभएका सुवेदीले सो संस्थाबाट करोडौं बराबरको विभिन्न राहत सामग्री नेपालका विभिन्न स्थानमा वितरण गर्दै आइरहनु भएको छ ।