-सरोज निरौला
उदयपुर । केही वर्षअघि कोरोना महामारीका कारण खस्कीएको व्यापार व्यवसायलाई पुरानै लयमा फर्काउन जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले १० दिने महोत्सव संचालन गर्न लागेको छ। आउदो माघ २६ देखि फागुन ६ गतेसम्म गाईघाटमा ‘उदयपुर महोत्सव-२०८० हुने भएको हो । महोत्सवबारे जानकारी दिन सदरमुकाम गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले १२ पृष्ठ लामो कार्ययोजना समेत प्रस्तुत गरेको थियो ।
ओरालो देखिएको अर्थतन्त्रलाई मेला, महोत्सवको माध्यमबाट स्थानिय व्यापार व्यवसाय प्रवर्द्धन गराउन प्रतिस्पर्धात्मक व्यवसायिक वातावरण सिर्जना हुने महासंघका अध्यक्ष चुडामणी कार्कीको भनाई छ । महामारीले आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रलाई समेत नराम्ररी असर पारेकाले लचिलो पर्यटन पुनरुत्थानका लागि महोत्सव कोसेढुंगा सावित हुने उल्लेख छ ।
‘कृषि, बन, पर्यटन, कला संस्कृति, उद्योग र व्यापारः उदयपुरको पहिचान र समृद्धिको आधार’ मूल नारा दिइएको महोत्सवले जिल्लाको चिनारीसँगै स्थानीय व्यापार व्यवसायलाई पुनर्जीवन दिने संघका महासचिव सुनिल साहले बताउनुभयाे । महोत्सवबारे जानकारी दिन सदरमुकाम गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले १२ पृष्ठ लामो कार्ययोजना समेत प्रस्तुत गरेको थियो ।
करिब दुई लाख सर्वसाधरणले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा स्वदेशी तथा विदेशी उत्पादनको प्रचार र आकर्षक छुटमा बिक्री, बिभिन्न जातजातिको सांस्कृतिक झाँकी, रमाईलो मेला, डुंगा, र्याफ्टीङ, प्याराग्लाईडिङ, कृषि उत्पादन प्रतियोगिता आयोजना हुने बताइएको छ ।
त्यस्तै कला प्रदर्शनी, जिल्लास्तरीय युगल गीत प्रतियोगिता, दोहोरी गायन प्रतियोगिता, पशुधन प्रदर्शनी, सूचना प्रबिधि प्रदर्शनी, भलिबल प्रतियोगिता, स्लो साईकल रेस प्रतियोगिता, बिभिन्न कलाकारहरुको साथमा सांस्कृतिक कार्यक्रम र मेड इन नेपाल र मेड इन उदयपुर प्याभिलियन समेत रहने उदयपुर महोत्सव मुल आयोजक कमिटिका संयोजक प्रदीप देउजाले जानकारी दिनुभयाे । महोत्सवस्थलभित्र टेलीफोन, फ्रि वाईफाई, शुद्ध पिउने पानी, वीमा तथा पार्किङ सुविधा, शौचालय सुविधा, निशुल्क मास्क र सेनिटाईजर, उत्कृष्ट प्रदर्शकलाई पुरस्कार, २४ सै घण्टा विद्युत आपूर्तिलगायतको सुविधा रहने बताइएको छ ।
त्रियुगा बसपार्कको दक्षिणतर्फ त्रियुगा नदी किनारामा हुने महोत्सव हरेक दिन बिहान ९ः०० देखि बेलुका ९ः०० बजेसम्म संचालन हुनेछ । स्टल बुकिङका लागि माघ ५ गतेलाई अन्तिम दिन तोकिएको छ । करिब दुई लाख बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति १०० रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ र सामूहिक पोसाकमा आउनेलाई रु. ५० र जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई प्रवेश शूल्क छुट गरिएको छ ।
महोत्सवमा कुल २०० स्टलको व्यवस्था हुनेछ । महोत्सव प्रायोजक र सहयोगीबाट ४१ लाख आम्दानी अनुमान गरिएको छ । टिकट बिक्रीबापत ५० लाख, स्टल बिक्रीबापत ३० लाख र स्थानीय सरकारबाट ३० लाख गरी कुल एक करोड ५१ लाख आम्दानी हुने अनुमान गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच