काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार चाँडै ढल्ने दावी गर्नुभएकाे छ ।
डडेल्धुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने दावी गर्नुभएकाे हाे ।
‘यो सरकार ढाल्नै पर्दैन, यो त आफै ढल्दैछ, यो अहिले नै हल्लिरहेको छ,’ जारी सभालाई सम्बोधन गर्दै ओलीले भन्नुभयाे, ‘यो कुनै खुट्टा भएको सरकार होइन, यो गठबन्धनहरुको छेस्कनो लगाएको सरकार हो, हाम्रो पदयात्रा नसकिदै यो सरकार ढलिसकेको हुनसक्छ, कुनै भर छैन् ।’
उहाँले प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसलाई प्रचण्ड पथमा हिडाएको पनि आरोप लगाउनु भएकाे छ । ‘यो सरकार प्रचण्ड पथमा लागेको छ । आफ्नै मान्छे थुनिएको छ, हो होइन अदालतले भन्ला तर सत्तामा रहेको दलहरु प्रचण्ड पथतर्फ गईरहेका छन् ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच