‘विकासका लागि आर्थिक समृद्धि जरुरी’

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 5 mins

भोजपुर । आर्थिक क्षेत्रका समस्या समाधान नभएसम्म मुलुकको विकास सम्भव नहुनेमा भोजपुरमा आयोजित कार्यक्रमका बत्ताले जोड दिनु भएको छ ।

भोजपुर उद्योग बाणिज्य संघको शुक्रवार जिल्ला सदरमुकाममा भएको १३ औ साधारण सभामा सहभागि अतिथी बत्ताहरुले आर्थिेक संकुचन अहिले प्रमुख समस्या भएको भन्दै त्यसमा सुधार हुन नसकेमा बिकास कार्य पनि सम्भव हुन नसक्नेमा जोड दिनु भएको हो ।

उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष हेमराज ढकालले विकासका लागि आर्थिक समृद्धि जरुरी रहेको बताउनुभयो । आर्थिक मन्दी सुधारमा अर्थ मन्त्रालय र राष्ट्र बैकले समन्वकारी भूमिका निर्वाह गर्न नसक्दा अहिलेको अवस्था देखिएको बताउँदै उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरुमा ध्यान दिनु पर्ने बताउनुभयो ।

बन्द भएका उद्योग ब्यवसायहरु संचालनका लागि भए पनि राष्ट्र बैकले ब्याजदरमा सुधार गर्न जरुरी रहेको उपाध्यक्ष ढकालको भनाई रहेको छ । राजीतिक परिवर्तनले मात्र आर्थिक समृद्धि नहुने बताउँदै उपाध्यक्ष ढकालले हरेक कुरामा १३ प्रतिशत कर लगाउनुको सट्टा तहगत कर प्रणाली लागु गरिनु पर्ने बताउनुभयो ।

ADVERTISEMENT

अहिले पनि पुराना कानुनहरु नै कार्यान्वयमा आउँदै गरेकोले केही कानुनहरु संशोधन गर्न जरुरी देखिएको महासंघ उपाध्यक्ष ढकालको धारणा छ । उहाँले भन्नुभयो, “कालोबजारी ऐन २०२१ का कुराहरु अहिले पनि लागु भई रहेका छन् ।” यस्ता कानुनहरु धैरै संशोधनका छन, जसका लागि महासंघले समिति समेत बनाएको छ, उपाध्यक्ष ढकालले भन्नुभयो ।

कोशी प्रदेश सभा सदस्य बिनोद बान्तवाले तराईका जिल्लाहरुलाई हेरेर भन्दा पनि पहाडी क्षेत्रहरुलाई ध्यान दिएर बिकास नीति बनाउन आवश्यक रहेको बताउनुभयो । अव बाँझो रहेका जग्गाहरुलाई सदुपयोग गर्दे बहुबर्षिय खेती गरिनु पर्ने बताउँदै बान्तवाले उत्पादन भएका सामाग्रीहरुको बजारीकरणमा स्थानीय तहले सहयोग गर्नु पर्ने बताउनुभयो ।

मोरङ ब्यापार संघका अध्यक्ष तथा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य नविन रिजालले रातो मसिले बनाएको कानुन निजी क्षेत्रले मान्दै आएको बताउँदै जनताको ध्यान बिभिन्न बहाना नेताहरुले नै अन्यत्र मोडने गरेकाले आर्थिक मन्दीको समस्या आएको बताउनु भयो । स्थानीय उत्पादन हुन नसक्दा चाइनाको सामाग्री भित्रने अवस्था आएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ, भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आले, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, उद्योग बाणिज्य संघ भोजपुरका पूर्व अध्यक्ष डम्वर श्रेष्ठ, धुर्वलाल श्रेष्ठ, उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष बिजयसन्तोषी राई लगायतले पनि आफनो धारणा राख्दै नीजि क्षेत्रलाई प्रोत्साहन हुने खालका कार्यक्रम राज्यले पनि तर्जुमा गर्नु पर्नेमा जोड दिनु भएको थियो । सोक्रममा पाँच जना ब्यवसायीलाई सम्मान समेत गरिएको छ । उत्कृष्ठ उद्योगी तथा ब्यवसायीहरु सन्देश श्रेष्ठ, प्रभुराम प्रधान, ईश्वरी प्रसाद राई, डिल्ली प्रसाद राई र मिना शेर्पालाई प्रंशसा पत्र सहित सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?