असहायको सहायः अपाङ्गता पुनर्स्थापना केन्द्र (फोटो कथा)

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । वि.स २०५३ सालमा काँडा बिझेर खुट्टा नै काट्न परेर सपोर्टिभ अर्थात कृत्रिम खुट्टा लगाउदै आउनुभएको ६४ वर्षीय बिजुली गमाल अहिले पनि बेला बेलामा कृत्रिम खुट्टाको चेक जाँच र बिँग्रिदा भृकुटीमण्डपस्थित अपाङ्ग पुनर्स्थापना केन्द्रमा धाइ रहनुहुन्छ ।

गमालले निरन्तर २८ वर्षसम्म सपोर्टिभ खुट्टा लगाउँदै आउनुभएको छ । सपोर्टिभ खुट्टा लगाउन पाएकोमा उहाँलाइ खुट्टा काटेकोमा त्यति पश्चताप नभएको बताउनुहुन्छ । ‘अहिले सजिलै सँग घाँस, दाउरा र घरको सबै काम गर्छु’ उहाँले भन्नुभयो, ‘खुट्टा नभएको अनुभव पाएको छैन अहिलेसम्म ।’ बिजुली जस्तै शारिरिक अपाङ्गता भएकाको लागि अपाङ्ग पुनर्स्थापना केन्द्रबाट बन्ने कृत्रिम खुट्टा र अन्य कार्यक्रमबाट धेरैले लाभ लिएका छन ।

विशेष गरी शारिरीक अङ्ग वा प्रणालीमा भएको समस्या भएका व्यक्तिलाई अपाङ्गता भएका व्यक्ति भन्ने गरिन्छ । व्यक्तिको समस्याको आधारमा शारीरिक अपाङ्गता, दृष्टि सम्बन्धी अपाङ्गता, सुनाइसम्बन्धी अपाङ्गता, स्वर र बोलाइसम्बन्धी अपाङ्गता, मानसिक वा मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता, अटिज्म सम्बन्धी अपाङ्गता र अन्य किसिमका अपांगता हुने गर्छ ।

वि.स २०३९ सालमा स्थापना भएको हो, अपाङ्गता पुनर्स्थापना केन्द्र । जसको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिहरुलाई व्यवसायिक र सीपमुलक तालिम दिइ गुणस्तरीय सेवा प्रदान गर्नु हो । समाज कल्याण परिषद्बाट सञ्चालित पुनर्स्थापना केन्द्रले शारिरीक रुपमा अपाङगता भएका व्यक्तिहरुका लागि फिजियोथेरापी सेवा, अकुपेशन सेवा र परामर्श सेवा दिँदै आइरहेको छ । साथै, स्पाइनल कर्ड, खुट्टा काटिएका, कुहिनाभन्दा माथि हात काटिएका, एक साइड प्यारालाइसिस हड्डीको समस्या भएका सबै बिरामीहरुका लागि सेवा प्रदान गर्ने गरेको छ । आर्थिक रुपमा कमजोर भएकालाइ निःशुल्क र अन्यलाइ सहुलियतमा सेवा दिदै आइरहेको छ, पुनस्र्थापना केन्द्र ।

गमाल जस्तै अन्य धेरैले पुनर्स्थापना केन्द्रबाट लाभ लिएका छन । अपाङ व्यक्तिले पनि सामान्य मानिसले झै काम गर्न सक्छन भन्ने उदाहरण बनेकी धादिङकी सुनिता इटानी पेशाले नर्स हुनुहुन्छ । तर, विगत १० वर्षदेखि उहाँले कृत्रिम खुट्टाको प्रयोगबाट हस्पिटल जाने विरामीको हेरचाह गर्ने गर्नुभएको छ । सरकारबाट अपाङगता भएका व्यक्तिहरुका लागि आवश्यक पर्ने सहायता सामग्रीको व्यवस्थापनमा चासो नदिएकोमा पुनर्स्थापना केन्द्रको सधै चिन्तनको विषय बन्ने गर्दछ ।

सबै तस्बिर र कथा फोटा लाइब्रेरीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?