काठमाडौं । सेयर बजार निरन्तर घट्दोक्रममा रहेको छ । मंगलबार पनि नेप्से १०.१० अंकले घटेको छ । यस दिन १०.१० अंकले घटेर १८३७.७१ अंकमा झरेको नेप्सेमा दुई सय ९३ कम्पनीका ४६ लाख ९८ हजार छ सय ८२ कित्ता सेयर एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार चार सय ३८ रुपैयाँमा कारोबार भएको छ । सोमबार दुई सय ९२ कम्पनीका ३८ लाख नौ सय ५६ हजार दुई सय ८७ कित्ता सेयर एक अर्ब १९ करोड ७२ लाख ५७ हजार आठ सय ९५ रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा ३४ करोड ७७ लाख रुपैयाँले कारोबार बढेको हो । कारोबारमा आएका १३ समूहगत सूचकमध्ये जीवन बिमाबाहेक सबै घटेका छन् । उत्पादन तथा प्रशोधनमूलक सर्वाधिक २.५७, होटल तथा पर्यटनमूलक १.७१ र ब्यापार इण्डेक्स १.११ प्रतिशतले घटेका छन् ।
मंगलबार माउण्टेन इनर्जीको ३६ करोड २९ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ भने सिटिजन लाइफ आठ करोड १८ लाख, एनआरएन इन्फ्रास्टक्चर पाँच करोड ७८ लाख, सोनापुर मिनरल्स एण्ड आयल पाँच करोड ४१ लाख र रिलायबल नेपाल लाइफको पाँच करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सिंगटी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर दुुई सय ७५ रुपैयाँ पुगेको छ भने सिभिल डिबेन्चर २०८८ को ७.३६, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को ४.२९, महुली लघुवित्त ३.९२ र सेञ्चुरी डिबेन्चर २०८८ को मूल्य ३.६२ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । विशालबजार कम्पनीको सेयर सर्वाधिक ९.५३ प्रतिशतले घटेको छ भने माउण्टेन इनर्जी ८.९४, उन्नति सहकार्य लघुवित्त ८.८१, एनआरएन इन्फ्रास्टक्चर ८.१८ प्रतिशतले घटेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच