काठमाडौं । एनसेलको सेयर खरिद बिक्रीबारे नेपाल दूरसञ्चार प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ एनसेलले पठाएको छ ।
आजियाटले केहीदिन अघि एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दै नेपालबाट बाहिरिने घोषणा गरेको थियो ।
मंगलबार एनसेलले जवाफी पत्र पठाएको दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो ।
उसले यसबारेका सम्बन्धित कागजात उपलब्ध हुनासाथ प्राधिकरणलाई बुझाउने भन्दै पत्र पठाएको हो ।
एनसेलले मंगलबार प्राधिकरणलाई पत्र पठाउँदै सेयर खरिदबिक्रीको कागजात संकलन गरिरहेको उल्लेख गरेको छ।
दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (८) बमोजिम चुक्ता पूँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, एनसेलले त्यस्तो अनुमति नै नलिइ शेयर बिक्री गर्ने तयारी गरेको थियो ।
हेर्नुहोस् एनसेलले पठाएको पत्र
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच