धनगढीमा क्रिकेटको साख जोगाइरहेको एल पि एल

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 8 mins

कैलाली । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी जन्माउन सफल सुदुरपश्चिममा ठुला क्रिकेट प्रतियोगिताले अझै स्थान पाउन सकिरहेका छैनन् ।

केही बर्ष अघी धनगढी प्रिमियर लिगले धनगढीसंगै सुदुरपश्चिमलाई क्रिकेटमय बनाएको थियो । बिबिध कारणले सो क्रिकेट प्रतियोगिताले निरन्तरता पाउन सकेन । त्यस यता धनगढीमा ठुला प्रतियोगिता नभइरहँदा लिटलफ्लावर प्रिमियर लिगले क्रिकेटको साख जोगाएको छ ।

धनगढीमा बर्षेनी बिद्यालय स्तरिय हुने लिटल फ्लावर प्रिमियर लिग यस पटक खुल्ला राष्ट्रिय स्तरिय प्रतियोगिताका रुपमा सञ्चालन भइरहेको छ । पछिल्लो ७ बर्षदेखी बिद्यालय स्तरिय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटलफ्लावर प्रिमियर लिग धनगढीमा सञ्चालन हुँदै आएको थियो ।

विद्यालय स्तरिय प्रतियोगिताले जुनियर खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको यस लिगले यस बर्षदेखी सिनियर क्रिकेट प्रतियोगिता शुरु गरेको हो । आइतबारबाट शुरु भएको लिटल फ्लावर प्रिमियर लिगमा कैलाली, कञ्चनपुर संगै देशभरीका १६ टिम सहभागी छन् । धनगढीको प्रस्तावित फाप्ला अन्तराष्ट्रि खेल ग्राममा सञ्चालित प्रतियोगिताले क्रिकेटको रौनक छाएको छ ।

लिटलफ्लावर स्पोट्स क्लवको आयोजनामा भइरहेको यस प्रतियोगिताले धनगढीमा क्रिकेटको साख जोगाएको छ । १६ टिम सहभागी प्रतियोगिताको प्रतियोगिताको विजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफि मेडल र प्रमाण पत्र पाउने छन्, भने उपविजेताले १ लाख २८ हजार ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट बलर र व्याटरले जनही सात हजार ५ सय पाउने आयोजक लिटलफ्लावर स्पोट्स क्लवका अध्यक्ष रामचन्द्र शाहीले बताउनुभयो । त्यस्तै उदयमान खेलाडीले ५ हजार एवम र ट्रफि मेडल र प्रमाण पत्र पाउने उहाँले बताउनुभयो । बिगतमा हामीले बिद्यालय स्तरिय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएका थियौँ जसमा ३ जना अण्डर नाइन्टिन खेलेका राष्ट्रिय खेलाडि हाल्न पाइन्थ्यो शाहीले भन्नुभयो “यस पटक खुला क्रिकेट प्रतियोगिता आयोजना गर्ने जमर्को गरेका छौँ, धनगढीमा ठुला क्रिकेट प्रतियोगिता नभइरहँदा यसले खेलको माहोल बढ्छ की भन्ने हो, अहिले ठुलो पुरस्कार दिन नसकेपनि यसलाई आउँदा दिनमा निरन्तरता दिनेछौँ, सहयोग राम्रै छ अहिलेको अवस्थामा यति गर्न सक्नु नी ठुलो हो ।”

लामो समयपछि धनगढीमै सिनियर क्रिकेट प्रतियोगिता खेल्न पाउँदा यहाँका खेलाडीहरुमा हौसला थपिएको छ । धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता हेर्न पाएका खेलाडीहरुले त्यसपछि ठुला क्रिकेट प्रतियोगिता नहुँदा न त हेर्न पाए न त खेल्न नै । यस पटक आयोजना भएको लिटलफ्लावर प्रिमियर लिगं सिनियर क्रिकेट प्रतियोगिताले खेलाडीहरुमा उत्साह थपिएको छ ।

टिम घोडाघोडी क्लवका कप्तान नवयोग बस्नेतले यस्ता प्रतियोगिताबाट खेलाडीको खेल क्षमता अभिबृद्धिसँगै हौसला समेत थपिने बताउनुभयो । हाम्रो खेल क्षमता बृद्धि त हुन्छ नै झन यस्ता प्रतियोगिताले निरन्तरता पाए खेलमै भविश्य देखेका हामी जस्ता खेलाडीको जिविकोपार्जनमापनि महत्वपुर्ण भुमिका खेल्छ बस्नेतले भने “धनगढीमा यो स्तर र यस भन्दापनि ठूला बर्षमा ३/४ प्रतियोगिता आवश्यक रहेका छन्, अनी मात्रै खेलाडीहरु उत्पादन र भएका खेलाडी पलायन रोक्न सकिन्छ । ”

एस पि ए कलेजका कप्तान आसिस लुहारले एल पि एलका कारण धनगढीमा क्रिकेट माहोल बढेको बताउनुभयो । धनगढीमा क्रिकेट कुरेर बसेका खेलाडीहरुका लागी यो ठुलो अवशर हो उहाँले भन्नुभयो “यो प्रतियोगिताले हामीलाई क्षमता अभिबृद्धी संगै हौसलापनि थपिएको छ, यस्ता प्रतियोगिताले निरन्तरता पाउनुपर्छ र थप प्रतियोगिता आवश्यक छन् ।”

लामो समयपछि सिनियर क्रिकेट प्रतियोगिता धनगढीको फाप्ला मैदानमा आयोजना हुँदा यहाँका स्थानियमा पनि खेलप्रतीको लगाव बढेको छ । प्रतियोगिताले खेलको विकाससंगै यहाँको ब्यवसाय प्रबद्र्धनमा समेत टेवा पुगेको उनिहरु बताउँछन् । यस्ता प्रतियोगिता बर्षमा २ देखी ४ सम्म भए बल्ल यहाँको खेल बिकास हुने स्थानिय बताउँछन् । यो प्रतियोगिताले खेलको बिकास त भइरहेको छ नै, खेलाडीको जिबिकोपार्जनमा पनि महत्वपुर्ण भुमिका खेल्छ धनगढीका छवी लामिछानेले भन्नुभयो “एल पि एलले धनगढीलाई अहिले क्रिकेटमय बनाएको छ, १६ टिमको खेलाडी धनगढी पुग्दा यहाँको ब्यापार ब्यवसायपनि बढेको छ, यस संगै यहाँको खेल पर्यटनको बिकास समेत भएको छ, तिनै तहका सरकार खेलको बिकासमा लाग्न जरुरी देखिन्छ, फुटवलका प्रतियोगिताले प्रदेश सरकारमा स्थान पाइरहँदा क्रिकेटले स्थान पाएको छैन सरकारको ध्यान जाओस् ।”

धनगढीमा बिद्यालय स्तरिय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको लिटलफ्लावर स्पोट्स क्लवले यस पटक सिनियर प्रतियोगिता गर्ने आँट गरेको छ । तर यस क्लवले अपेक्षित सहयोग नपाउँदा प्रतियोगिता सम्पन्न गर्न निकै सकस छ । खेल संगै यहाँको समग्र बिकासका लागी क्रिकेटको क्रेज बढ्न आवश्यक छ, त्यस कारण यस्ता प्रतियोगिता सम्पन्न गर्न समग्र क्षेत्रको हातेमालो जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?