सर्राफ हत्याको सत्य तथ्य पत्ता लगाई दोषीलाई कारवाही गर्न माग गर्दै प्रदर्शन

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 6 mins

बारा । बारा जिल्लाको कलैया उपमहानगरपालिका ६ स्थित बाल एकता अंग्रेजी बोर्डिङ्ग स्कूलका संचालक तथा प्रिन्सिपल गुड्डु भन्ने रुपेश कुमार सर्राफको हत्याको सत्य तथ्य पत्ता लगार्य दोषीलाई कारवाही गर्न माग गर्दै फेरि आन्दोलन शुरु भएको छ ।

उनको हत्या भएको दिनदेखि नै बाराको सदरमुकाम कलैयामा दिनहुँ प्रदर्शन हुने गरेको थियो । तर विगत केही दिन बन्द रहेको प्रदर्शन फेरि बुधबारदेखि शुरु भएको छ ।

प्याप्सन र एन प्याप्सन बाराको सयोजकत्वमा बुधबारदेखि शान्तिपूर्ण आन्दोलनको घोषणा गरिएको छ ।

प्याप्सन तथा एन प्याबसन आवद्ध निजी विद्यालयका शिक्षकहरुले बुधबार बाराको सदरमुकाम कलैयामा शान्तिपूर्ण प्रदर्शन गर्नुभएको छ भने जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापन-पत्र समेत बुझाइएको एन प्याबसन बाराका अध्यक्ष प्रभुलाल कुशवाहाले बताउनुभयो ।

एन प्याबसनका अध्यक्ष प्रभुलाल कुशवाहा तथा प्याबसनका अध्यक्ष नेत्र प्रसाद दाहालको संयोजकत्वमा निस्केको जुलुसले नगरपरिक्रमा गरि भरतचोकमा आएर कोणसभामा परिणत भएको थियो ।

सयांैको संख्यामा आएका शिक्षक तथा शिक्षिकाहरुले हात हातमा प्लेकार्ड लिई भरतचौकमा प्रदर्शन गर्नु भएको थियो । उहाँहरुले हात हातमा हत्यारा एसपी मुर्दाबाद, गृहमन्त्री राजीनामा दे, शान्ति सुरक्षा कायम गर प्लेकार्ड लिई चर्काबाजी नारा समेत गर्नुभएको थियो ।

जिल्लामा शान्ति सुरक्षाको अवस्था दयनीय बन्दै गएको एन प्याबसन बाराका अध्यक्ष कुशवाहाले जानकारी दिनुभयो ।

जिल्लामा प्रहरी उपरिक्षक सुरेश प्रसाद काफ्ले आएदेखि नै हत्या हिंसा बढेको र शान्ति सुरक्षा कायम हुन नसकेको उहाँले आरोप लगाउनुभयो ।

प्रिन्सिपल रुपेश सर्राफको हत्या भएको ३७ दिन वितिसकेको छ तर अहिले सम्म अपराधीहरु पक्राउ पर्न नसक्नु नै प्रहरी प्रशासनको असफल्ताको प्रतिक रहेको छ, उहाँले भन्नुभयो, ‘प्रारम्भिक अनुसन्धानको बारेमा हतार हतारमा प्रहरी प्रशासनले आफनो कमजोरी लुकाउन पत्रकार सम्मेलन गरेपनि ती प्रारम्भिक अनुसन्धानमाथि नै शंका उपशंका गहिरिएको र त्यसपछिका अनुसन्धानको विश्वसनियता गुम्दै गएको उहाँले बताउनुभयो ।’

सर्राफको हत्या भएको ४ दिन पछि बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले ९९ प्रतिशत छानविन भइसकेको बताउनु भएको थियो र आफनो वक्तव्य पछि फिर्ता लिनु भएको थियो भने जिल्ला प्रहरी कार्यालय बाराले प्रारम्भिक अनुसन्धान मात्र पूरा भएको जानकारी गराएको थियो यसरी प्रहरी प्रशासनको दोहरो भाषाले समेत झन पिर थपिएको उहाँले जानकारी दिनुभयो ।

प्याप्सन तथा एन प्याप्सनले संयुक्त रुपमा दिएको ज्ञापन पत्रमा अहिलेसम्म १ प्रतिशत पनि हत्याको घटना सम्बन्धमा छानविन नभएको, दोषी समात्न नसकेको बरु विश्वस्त कर्मचारीहरुलाई समेत राखी पाँच जनाको परिचय मात्र खुलाउने काम गरिएको आरोप लगाइएको छ ।

घट्नालाई थामथुम पार्ने शंका उब्जिएको, मुद्दालाई सेलाउन खोजिएको हुँदा पुरै संचारकर्मी, नागरिक समाज, चाँसो राख्ने सबै वर्ग तथा पिडित पक्ष लगायत हामी पुरै संगठनका सदस्यहरुले प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला प्रहरी प्रमुखहरुमाथि अविश्वासको वातावरण श्रृजना भएको ज्ञापन पत्र मार्फत जानकारी गराइएको छ ।

हत्यारा पत्ता लागिसकेको र  प्रिन्सिल सर्राफको हत्या प्रकरणको अन्त्यमा पुगिसकेकाे र कानूनले दिएको हदम्याद भित्रै हत्याका दोषीहरुलाई प्रमाण सहित सार्वजनिक गर्ने बाराका प्रहरी उपरिक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

बाराको कलैया उपमहानगरपालिका ६ मा कातिक १३ गते ३५ वर्षीय बालएकता अंग्रेजी बोर्डिङ्ग स्कूलका संचालक तथा प्राधानाध्यापक गुड्डु भनिने रुपेश सर्राफ माथि गोली प्रहार गरी हत्या गरिएको थियो ।

सर्राफको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो । दुईवटा मोटरसाइकलमा आएका चारजना अपरिचित व्यक्तिले सर्राफमाथि गोली प्रहार गरेका थिए ।

सर्राफका दुई जना छोरा छन् । छोराहरुमा जेठो ८ वर्षका र कान्छो पाँच वर्ष रहेको परिवारिक श्रोतले जानकारी दिएको छ । सर्राफका पाँच दाजुभाइ रहेको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?