
काठमाडौं । एञ्जल्स हार्ट र हिमरश्मीले दोस्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत बास्केटबलको उपाधि जितेका छन् । एञ्जल्स हार्ट जुनियर ब्वाइज तथा हिमरश्मी गल्र्समा च्याम्पियन बने । जुनियर ब्वाइज फाइनलमा एञ्जल्स हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई २४-१९ ले पराजित गर्यो । एञ्जल्स हार्टका रूपेश पौडेलले १५ अंक जोड्नुभयो ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा हिमरश्मीले ल्याण्डमार्कलाई २०-१८ ले हरायो । हिमरश्मीकी सुनिशा मिश्रले सात स्कोर गर्नुभयो । विजेतालाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । जुनियर ब्वाइजमा १० तथा सिनियर गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नुभएको थियो ।
हिमरश्मी र नेपाल राष्ट्रिय मावि दोस्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको भलिबलतर्फ ब्वाइजमा फाइनलमा प्रवेश गरेका छन् । कालीदेवी मावि तेस्रो भयो । मनमैजुस्थित एञ्जल्स स्पोर्ट्स एकेडेमी भइरहेको प्रतियोगिताको गल्र्समा एञ्जल्स हार्ट र मानसिंह धर्म मावि उपाधिका लागि भिड्ने भएका छन् । लालीगुराँस नेसनल एकेडेमीले तेस्रोस्थान हात पार्यो ।
अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गर्यो । बुङ्मतिस्थित घरेलु कोर्टमा ज्ञानोदयले रातो बंगलालाई ४९-३५ ले पराजित गर्यो । ज्ञानोदयका दीपेश शाहीलाई २२ अंक जोड्नुभयो । ब्वाइजमै ओएसिसले रेडियण्ट रिडर्सलाई ३६-२५, रेडियण्ट पब्लिकले एलआरआईलाई ४०-१५ र पुष्पसदनले त्रियोगलाई ३६-२३ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो ।
एसिसका सविन लामाले १०, रेडियन्ट पब्लिकका रविन्द्र खत्रीले नौ र पुष्पसदनका निकेश जिसीले सात स्कोर गर्नुभयो । सेमिफाइनलमा रेडियण्टको भेट ओएसिससँग हुनेछ भने ज्ञानोदयले पुष्पसदनको सामना गर्नेछ । गल्र्सको सेमिफाइनल रातो बंगला र बूढानीलकण्ठ तथा रेडियण्ट पब्लिक र त्रियोगबीच हुनेछ ।
यस्तै स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरूको संगठन (फेका)को आयोजनामा १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।
उद्घाटनका अवसरमा विद्यार्थीहरूको मार्च पास्ट कम्पिटिसनसमेत भएको थियो । मार्च पासमा विद्या विकास स्कुल प्रथम, शिक्षालय नेपाल द्वितीय, हाइली क्रिएटिभ स्कुल तृतीय र गोल्डेन बड स्कुल चौथो भए । नकआउट प्रतियोगितामा २४ टिमको सहभागिता रहेको फेकाका सह-सचिव एवं कार्यक्रम संयोजक राजु दाहालले जनाएका छन् । शीर्ष चारस्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच