म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६, थाकनपोखरीमा थाकमपोखरी आमा समूहले रु १५ लाखभन्दा बढीको लागतमा शिवालय मन्दिर निर्माण गरेको छ ।
स्थानीय थाकनपोखरी आमा समुहको सक्रियतामा चन्दा र सरकारी स्रोत जुटाएर गाउँमा शिवालय मन्दिरको निर्माण गरिएको हो ।
धार्मिक, सांस्कृतिक संरक्षण गर्ने उद्देश्यले विभिन्न सामाजिक कार्य तथा धार्मिक गतिविधिलाई निरन्तरता दिन आमा समूह, वडा कार्यालयम, सामाजिक संघसंस्था,स्वदेश तथा विदेशमा रहेका स्थानीयबासीका साथै आमा समुहले गाउँघरमा हुने विवाहमा स्वागत तथा विभिन्न धार्मिक गतिविधिमा संकलन भएको आर्थिकबाट निर्मित मन्दिरको गण्डकी प्रदेशसभाका सदस्य हरिबहादुर भण्डारीले उद्घाटन गर्नुभयो ।
मन्दिर निर्माणमा चन्दा संकलन ४ लाख ८२ हजार, वडा कार्यालय तथा अन्य सरकारी स्रोतबाट ७ लाख ८२ हजार २३ रुपैयाँ, थाकनपोखरी आमा समुहको कोषबाट ३ लाख ५ हजार २४ रुपैयाँ संकलन गरी मन्दिर निर्माण गरिएको मन्दिर निर्माण समितिका उपाध्यक्ष मुरारी रिजालले बताउनुभयो । मन्दिरको निर्माणमा आमा समुहलाई स्थानीय यूवाहरूले समेत सहयोग गरेका थिए ।
निर्माणधिन मन्दिरको सत्तल, ग्याविन सहितको संरचना गरी कुल ६ लाख बराबरको क्षती पुगेपछि केहीसमय काम रोकिएको थियो । मन्दिरको उद्घाटन समारोहमा प्रमुख अतिथि सांसद भण्डारीले धार्मिक क्षेत्रको संरक्षणमा महिलाहरूको योगदान रहेको बताउनुभयो । उहाँले समाजमा सक्रिय महिला समुहको सक्रियतामा भएका धेरै योजनाहरू सफल भएको बताउनुभयो । उद्घाटन कार्यक्रममा बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछाने, वडा नं ६ का वडा अध्यक्ष कृष्णसिङ बानियाँ, मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष हरिप्रसाद पौडेल, मन्दिर निर्माण समितिका अध्यक्ष गिरिजानन्द पौडेल लगायतले मन्तब्य राख्नुभएको थियो ।
बिहान र बेलुका मन्दिरमा पुजा आरधना गरिने मन्दिरमा सत्तल, शौचालय सहितको संरचनाका लागि समेत बजेट माग गरिएको छ ।
यसैबीच मन्दिर ब्यवस्थापन तथा थप भौतिक संरचनाका लागि भीमबहादुर खत्रीको अध्यक्षतामा उपाध्यक्ष बालकृष्ण रेग्मी,सचिव मुरारी रिजाल,कोषाध्यक्ष हुमकुमारी रेग्मी,सह–सचिव चण्डिका पौडेल लगायत १५ सदस्यीय समिति समेत चयन गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच