काठमाडौं । मुक्तिनाथ विकास बैंक मुख्य प्रवद्र्धक रही कृषि क्षेत्रमा देखिएका समस्याको संस्थागतरूपमा दिगो समाधान गर्ने लक्ष्यका साथ स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी बिहीबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनी स्थापनाको पाँच वर्षभित्रमा सर्वसाधारणमा सेयर निष्कासन गरी निजी क्षेत्रबाट कृषिमा योगदान दिने पहिलो पब्लिक लिमिटेडका रूपमा मुक्तिनाथ कृषि कम्पनी सञ्चालनमा रहेको छ ।
स्थानीय सरकार, समुदाय र सहकारी संस्थासँगको साझेदारी तथा सहकार्यमा स्थानीय माग र आवश्यकताबमोजिमको कृषिसम्बन्धी सेवा प्रदान गर्न कम्पनीले सातै प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालय स्थापना गरिसकेको छ भने ७७ वटैै जिल्लामा चार सयभन्दा बढी व्यावसायिक साझेदारमार्फत् पहँुच विस्तार गरेको छ ।
कषि उत्पादन वृद्धिका लागि आवश्यक पर्ने सबै प्रकारका स्रोतसाधनको गुणस्तरीय उपलब्धता, उत्पादित कृषि उपजको बजार व्यवस्थापन र विशेषज्ञ प्राविधिक परामर्श सेवासहितका सेवा प्रदान गर्न संस्थागत संरचना नै दिगो र पारदर्शी हुने भएकाले पब्लिक लिमिटेड कम्पनीका रूपमा आएको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच