
काठमाडौं । गेटवे एकेडेमी र न्यु स्टार पोल १६औँ फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् । स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरूको संगठन (फेका) को आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा गेटवेले हाइली क्रिएटिभलाई छ-दुईको फराकिलो गोलअन्तरले पराजित गर्यो ।
गेटवेका ‘म्यान अफ द म्याच’ लक्ष्मण उप्रेतीले दुई तथा प्रतिज रायमाझी, सन्दिप शिवाकोटी, प्रदीप खत्री र प्रितम केसीले एक–एक गोल गर्नुभयो । हाइलीका डेभिन कार्की र कृष्ण कार्कीले समान एक-एक गोल गर्नुभयो ।
मूलपानीमा भएको दोस्रो सेमिफाइनलमा न्यु स्टार पोलले अक्षरिकालाई दुई-एक गोलले हरायो । न्यु स्टार पोलका रसिक श्रेष्ठ र ‘म्यान अफ द म्याच’ सुप्रिम कार्कीले समान एक-एक गोल गर्नुभयो । अक्षरिकाका डेनिसिन तामाङले सान्त्वना गोल फर्काउनुभयो ।
फाइनल आइतबार हुनेछ । शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र पाँच हजार नगद पुरस्कार पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच