नयाँदिल्ली । भारत र ओमानबीच आर्थिक अपराधविरुद्धको सम्झौतामा हस्ताक्षर भएको छ । ओमानका सुल्तान हैथम बिन तारिक अलको राजकीय भ्रमणका क्रममा शनिबार भारत र ओमानले संस्कृति, सूचना प्रविधि (आईटी) र वित्तीय अपराधविरुद्ध लड्ने विभिन्न क्षेत्रमा पारस्परिक सहयोगका निम्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
भारत भ्रमणमा रहनुभएका सुल्तानले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको थियो । उक्त भेटमा दुई नेताबीच आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।
द्विपक्षीय वार्तापछि दुई नेताबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोगका विषयमा छलफल भएको छ ।
दुवै पक्षले ओमान-भारत संयुक्त लगानी कोषको ३०० मिलियन अमेरिकी डलरको तेस्रो किस्ताको घोषणा गरेका छन् । सो कोष भारतीय अर्थतन्त्रको द्रुत वृद्धि हुने क्षेत्रमा लगानीलाई अगाडि बढाउन प्रयोग गरिनेछ । ओमानका सुल्तान तारिक शुक्रबार दिल्ली आइपुग्नुभएको थियो । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच