काठमाडौं । टिभिएस रोनिन टिभिएस मोटर कम्पनीको पहिलो ‘मोडर्न-रेट्रो’ ३ अनस्क्रिप्टेड लाइफस्टाइलका लागि समर्पित मोटरसाइकल हो । विश्वव्यापीरूपमा दुईपांग्रे र तीनपांग्रे सवारीसाधनको निर्माता टिभिएस मोटर कम्पनीले नेपालमा टिभिएस रोनिन लन्च गरेको हो ।
सोही अवसरमा ८ स्थानीय ब्लगर/इन्फ्लुयन्सर/सोसल मिडिया कन्टेन्ट क्रियटरले टिभिएस रोनिनको प्रक्षेपण समारोहमा सवारी गरेका थिए । आठदिने सवारी काठमाडौंबाट सुरु भई पोखरा, जोमसोम, लुम्बिनी, सौराहलगायत पहाड, हिमाल र तराईका विभिन्न स्थान गरी करिब एक हजार तीन सय किलोमिटरको दूरी पार गरी काठमाडौंमा समापन भएको थियो ।
कम्पनीका अनुसार टिभिएस रोनिन निर्माण गरिएको छ, जसले नयाँ पुस्ताका राइडरका लागि अनस्क्रिप्टेड जीवनशैली प्रवद्र्धन गर्न सक्छ । २२५ सिसीको मोटरसाइकलको तौल १६० केजी रहेको छ भने यसले २०.४ पिएस पावर उत्पादन गर्नुका साथै १९.९३ एनएम टर्कले मोटरसाइकल वर्गमा सबैभन्दा राम्रो पावर-टु-वेट रेसियो बनाउँछ । मोटरसाइकललाई रेन र अर्बन एबिएस मोड, ग्लाइड टेक्नोलोजी (जिटिटी) र भ्वाइस र राइडसहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसनलगायतका विशेषता रहेको बताइएको छ ।
सो अवसरमा टिभिएस मोटर कम्पनीका हेड बिजनेस विमल सुम्ब्लीले भन्नुभयो, ‘टिभिएस रोनिन ३ अनस्क्रिप्टेड लाइफस्टाइल राइडरका लागि डिजाइन गरिएको हो । यसले नेपालका धेरै युवा राइडरलाई आधुनिक रेट्रो मोटरसाइकलको सहज सवारप्रति प्रोत्साहित गर्नेछ भन्ने कुरामा विश्वस्त छौँ ।’ टिभिएस मोटर कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले भन्नुभयो, ‘टिभिएस रोनिन एउटा मोटरसाइकलमात्र नभई एक जीवनशैली हो । हामीलाई विश्वास छ कि यसको डिजाइन र आधुनिक प्रविधिको अद्वितीय मिश्रणले नेपालको जीवन्त संस्कृतिलाई प्रतिध्वनित गर्नेछ । यसको मूल्य चार लाख ४९ हजार नौ सय रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच