
काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त हुनुभएको छ । संस्थाको सोमबार सम्पन्न सञ्चालक समिति बैठकले रिक्त स्वतन्त्र सञ्चालकमा काठमाडौंको नागार्जुन निवासी गौतमलाई नियुक्त गरेको हो ।
नवनियुक्त स्वतन्त्र सञ्चालक गौतम संस्थाका अध्यक्ष सन्तोषकुमार राठीसमक्ष शपथ ग्रहण गरी पद बहाल गर्नुभएको छ । करिब १० वर्षको विभिन्न क्षेत्रमा कार्यानुभवी गौतम नेपाल धितोपत्र बोर्डको विभिन्न विभागमा अधिकृत तहमा समेत कार्यरत हुनुहुन्थ्यो । संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले उच्चतम अनुभवी व्यक्तिलाई सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा नियुक्त गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच