काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा स्कलरसिप इनिसिएटिभ नामक शिक्षामा छात्रवृत्ति : एक लाख पुरस्कार ल्याएको छ । क्याम्पेनका माध्यमबाट एक भाग्यशाली विद्यार्थीले एक लाख रुपैयाँ छात्रवृत्ति पाउनेछन् । शैक्षिक शुल्क भुक्तानीका लागि इसेवा प्लेटफर्म रोज्ने विद्यार्थीमध्ये एकजनाले यस्तो अवसर पाउने कम्पनीले जनाएको छ ।
डिजिटल सबलीकरण र शिक्षाको महत्व हेरेर ल्याइएको क्याम्पेन विद्यार्थी र अभिभावक दुवैलाई डिजिटल वित्तीय प्रविधिको एउटा नयाँ यात्रामा लान प्रेरित गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीले जनाएको छ । सहज, सरल र सुरक्षित वित्तीय कारोबारको प्रत्याभूति दिँदै विद्यार्थीलाई प्रोत्साहन गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध रहेको पनि कम्पनीले जनाएको छ । छात्रवृत्ति रकम क्याम्पेन सकिएको एक हप्ताभित्र मेन ब्यालेन्सका रूपमा विजेताको इसेवा आइडीमा पठाइने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच