भन्नलाई त नेपाल कृषिप्रधान देश हो । तर, कृषि क्षेत्रमा निर्भरता क्रमशः घट्दो क्रममा छ । सरकारी तथ्यांकअनुसार अहिले ६० प्रतिशत नेपाली कृषिमा आश्रित छन् । तर, बाहिरी आयात हेर्दा त्यो प्रतिशत अझ कम रहेको सहजै अनुमान गर्न सकिन्छ । कृषिमै पुस्तौं बिताएकाहरूले पनि अहिले पेशा परिवर्तन गर्न थालेका छन् । भएकाहरू पनि विदेशी आयातको मारमा परेका छन् । कृषिमा रोपाइँका बेलादेखि बजार पुर्याउनसम्म समस्यै समस्या रहेको छ । जसका लागि आफ्नो उत्पादन बेच्नसमेत हरेकपल्ट आन्दोलन गर्नुपर्ने अवस्था छ ।
अहिले मुलुकको ठूलो समस्या हो देशमा उद्योग विकासको कमी । कारण लोकतन्त्र आएको यत्रो समय हुँदा पनि राजनीतिक अस्थिरताका कारण देशमा उद्योगको विकास हुन सकिरहेको छैन । त्यसैले देशका प्रायः युवा जनशक्ति कामकै लागि विदेशिन बाध्य छन् । युवापुस्ताको विदेशिने मोहका कारण अहिले गाउँ-गाउँका जमिन बाँझै देखिन्छन् ।
युवापुस्तालाई देशमै रोक्ने हो भने औद्योगिक विकास र कृषिमा औद्योगीकरण सबैभन्दा महत्वपूर्ण छ । किनभने औद्योगिक विकास आर्थिक विकासको मेरुदण्ड हो भने कृषि नेपालीको पुख्र्यौली पेशा हो ।
युवापुस्तालाई देशमै रोक्ने हो भने औद्योगिक विकास र कृषिमा औद्योगीकरण सबैभन्दा महत्वपूर्ण छ । किनभने औद्योगिक विकास आर्थिक विकासको मेरुदण्ड हो भने कृषि नेपालीको पुख्र्यौली पेशा हो । नेपालका सन्दर्भमा औद्योगिक विकासको चर्चा गर्दा दुईवटा पक्षमा विशेष ध्यान पु¥याउनु जरुरी छ । पहिलो, निजी क्षेत्रको सक्रियता र अगुवाइमा ठूला तथा मझौला प्रकृतिका उद्योगहरूको स्थापना र सञ्चालन, जसमा सरकारले नीतिगत, कानुनी, संस्थागत र प्रक्रियागत सहजीकरण गर्छ । दोस्रो, सरकारको सक्रिय पहल र लगानीसमेतमा साना, घरेलु तथा लघु उद्यम व्यवसायको प्रवद्र्धन, स्थापना र विस्तार जसमा ‘लक्षित वर्ग’ (गरिब, असहाय, विपन्न, उपेक्षित, पिछडिएका र पछाडि पारिएका सीमान्तकृत, विशेषतः महिला, दलित, जनजाति र मधेशी समुदाय) को सक्रिय सहभागिता रहन्छ ।
नेपालको विशिष्ट आर्थिक-सामाजिक-राजनीतिक परिवेशका पृष्ठभूमिमा कुरा गर्दा नेपालको उद्योग क्षेत्र यी दुईवटा खुट्टामा उभिएर हिँड्न सक्यो भनेमात्र समतामूलक आर्थिक समृद्धिको गन्तव्यमा पुग्न सफल हुनेछ, नत्र भने नेपालको आर्थिक विकास असमान र विभेदमूलक हुनेछ । जसका कारण धनी र गरिब, शहरिया र गाउँले, ठूला र साना, सम्पन्न र विपन्न, शिक्षित र अशिक्षितबीचको खाडल झन्–झन् गहिरिँदै जानेछ ।
केही सीप सिक्न र पैसा कमाउन विदेश जानु राम्रै हो । तर, मुलुकमा सम्भावना हुँदाहुँदै र आफ्नै मुलुकमा उद्योगको विकास गरेर अगाडि बढ्ने परिस्थिति हुँदाहुँदै विदेशिनु भनेको आफ्नै वस्तुगत अवस्थालाई नबुझ्नु हो । नेपालमा उद्योग सञ्चालनका लागि राज्यपक्षले योजना बनाउन आवश्यक छ । उद्योगको विकासले रोजगार सिर्जना गर्दछ र विदेशिने जनशक्तिलाई स्वदेशमै रोक्न र आफ्नै मुलुकका लागि पसिना बगाउन उत्प्रेरित गर्दछ । उद्योगको विकासले मात्र देशको विकास हुनुका साथै बेरोजगारी समस्या हल हुनेछ ।
नेपाल मूलतः पर्वतीय देश भएकाले यहाँको भू-धरातल ठूला-ठूला उद्योगधन्दाको विकासका लागि अनुकूल छैन भन्ने सुनिन्छ । केही हदसम्म त्यो सही पनि छ । उद्योग-धन्दाका लागि उपयुक्त जमिनको उपलब्धता एउटा टड्कारो समस्याका रूपमा देखापरेको छ । त्यसकारण धेरैजसो उद्योगहरू मधेश-तराईका समथर जमिनमा जंगल फाँडेर वा पर्ती वा कृषियोग्य जमिन नै मासेर भए पनि खोल्न र चलाउनुपर्ने बाध्यता छ । तर, पछिल्लो समय भएका उद्योग पनि मासिने क्रममा छन् । संघीय सरकार र स्थानीय सरकारकोे निरीहताकै कारण नेपालमा भएका ठूला उद्योगहरू बन्द भएका छन् भने भएका उद्योगहरूसमेत विस्थापित हुने अवस्थामा पुगेका छन् ।
केही सीप सिक्न र पैसा कमाउन विदेश जानु राम्रै हो । तर, मुलुकमा सम्भावना हुँदाहुँदै र आफ्नै मुलुकमा उद्योगको विकास गरेर अगाडि बढ्ने परिस्थिति हुँदाहुँदै विदेशिनु भनेको आफ्नै वस्तुगत अवस्थालाई नबुझ्नु हो ।
समस्या र चुनौतीबीच पनि नेपालमा उद्योग क्षेत्रको विकासका प्रवल सम्भावनाहरू नरहेका भने होइनन् । नेपाल प्राकृतिक तथा जैविक सम्पदामा अत्यन्त धनी छ । जलस्रोत, वन तथा वनस्पति, खानी तथा खनिज पदार्थ र कृषिजन्य वस्तुहरूको प्रचुरता नेपालमा छ । जलवायुको विविधता यहाँको अर्को महत्वपूर्ण पक्ष हो । एकाध घण्टाको सडक मार्गको दूरीमा यहाँ समशितोष्णबाट शीत वा उष्ण जलवायु फेला पर्दछ । त्यसैगरी यहाँको सामाजिक रहनसहन एवं शिष्टता, सांस्कृतिक सम्पदा र ऐतिहासिक एवं पुरातात्विक महत्वका कारणले समेत नेपाल पर्यटकहरूका लागि आकर्षक र प्रिय गन्तव्यस्थलका रूपमा परिचित छ । यी सबै अवसरहरूले नेपालमा उद्योग क्षेत्रको विकासको सम्भावनाको द्वार खोल्न सकिने तथ्यलाई उजागर गर्दछन् ।
सम्भावना र अवसरहरूलाई यथार्थमा साकार पार्नका लागि सरकार, स्थानीय तह, निजी क्षेत्र र समुदाय मिलेर सहकार्य गर्न जरुरी छ । यसका निम्ति राज्यको नीति तदनुरूप लक्षित हुनुपर्छ, सरकारले त्यसको कडा र प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । निजी क्षेत्र र समुदायले त्यसमा सघाउनुपर्छ । नेपालका हरेक क्षेत्रमा उद्योगको विकास गर्न सम्भावना छैन भने विकल्प खोज्नु जरुरी छ । नेपालका सन्दर्भमा हालको सबैभन्दा उपयुक्त विकल्प भनेको विदेशी पर्यटक नेपाल भित्र्याउनु हो । नेपालका हरेक क्षेत्र पर्यटकका लागि उपयुक्त भएकाले यसमा लगानी बढाई विदेशिने युवालाई रोक्न सकिन्छ । हामीकहाँ हालसम्म पनि कतिपय स्थानीय तहमा आफ्नो आधारभूत तथ्यांकसमेत भएको पाइँदैन जसले गर्दा हरेक नीति निर्माण, भौतिक विकास, गरिबी निवारण, सामाजिक तथा मानव संसाधनको उचित व्यवस्थापन र उपयोग तथा प्राकृतिक स्रोतसाधनको समुचित प्रयोग हुन सकेको छैन । त्यो आफैंमा दुखद् छ ।
कुनै पनि मुलुकमा उद्योग क्षेत्रको इज्जत धान्ने भनेको उत्पादनमूलक क्षेत्रले हो, जसका कारण रोजगारी सिर्जना, आम्दानी वृद्धि, नाफा आर्जन र निर्यात वृद्धि भई आर्थिक वृद्धिमा योगदान पुग्छ । तर, चुलिँदो ऊर्जा संकटका कारण उत्पादन लागतमा वृद्धि, असहज श्रम सम्बन्ध, पूर्वाधार विकासको अपर्याप्तता, राजनीतिक अस्थिरता र सरकारको निरन्तर फेरबदल, सिण्डिकेट र कार्टेलिङका समस्या, नीतिगत, कानुनी, संस्थागत, प्रक्रियागत एवं कर्मचारीका आचरणगत र मनोवृत्तिका समस्याका कारण उत्पादनमूलक क्षेत्र फस्टाउन पाइरहेको छैन ।
औद्योगिक विकासको चर्चा गर्दा अहिले स्थानीय तहको भूमिका सबैभन्दा महत्वपूर्ण छ । नेपालको संविधानको धारा ५६ अनुसार राज्यको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको व्यवस्था गरेको छ भने सोही धारामा यी तीनवटै संरचनाले नेपालको राज्यशक्तिको प्रयोग संविधान र कानुनबमोजिम गर्ने व्यवस्था गरिएको छ । स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका औद्योगिक विकासका कुराहरूलाई राज्यसामु उजागर गर्नु जरुरी छ । स्थानीय तहसँगै प्रेसको भूमिका पनि महत्वपूर्ण छ । स्थानीय तहका कुराहरू संघीय सरकारसम्म पुर्याउने एउटा माध्यम प्रेस हो । त्यसैले स्थानीय तहको सवलीकरण र औद्योगिक विकासमा स्वतन्त्र प्रेसको भूमिका महत्वपूर्ण छ ।
लेखक हिमालय टाइम्स अनलाइन संस्करणका सम्पादक हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच