काठमाडौं । एनआइसी एसिया क्यापिटल र काठमाडौं ल्याण्डबीच क्यापिटलको आइडिया टु आइपिओ सेवाअन्तर्गत निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिका लागि सम्झौता भएको छ । एनआइसी एसिया क्यापिटलले आइडिया टु आइपिओ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापनाकालदेखि आइपिओ जारी चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।
सोहीअन्तर्गत आइडिया टु आइपिओ सेवाअन्तर्गत काठमाडौं ल्यानको प्रालिलाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएअनुसार प्रचलित कानुनबमोजिम सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन गर्न एनआइसी एसिया क्यापिटल र काठमाडांै ल्यानबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्झौता भएको हो । काठमाडौं ल्यानको प्रालि संगठित आवास, अपार्टमेन्ट निर्माण गर्ने तथा व्यावसायिक घरजग्गा कारोबार गर्ने उद्देश्यका साथ स्थापना भएको एक प्रमुख रियल इस्टेट विकास कम्पनी हो ।
हाल उक्त कम्पनीले भैँसेपाटीमा २३ रोपनीमा व्यवस्थित भिला निर्माण गर्न लागेको छ । जसमध्ये पहिलो चरणमा ३३ भिला निर्माण गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणबाट आवश्यक अनुमति प्राप्त गरी निर्माणको चरणमा रहेका छन् भने दोस्रो चरणमा अपार्टमेन्ट भवन निर्माण गर्न आवश्यक कार्य अघि बढाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच