
काठमाडौं । कोशी प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताको दोस्रो क्वालिफायर खेलमा साबिक विजेता सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको छ । कोशीले उपाधिका लागि नेपाल एपिएफ क्लबसँग खेल्नेछ । जितका लागि ८९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको कोशीले १३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । कोशीको जितमा काजोल श्रेष्ठ ३५ बलमा ७ चौकासहित ३८ रनमा अविजित रहनुभयो ।
रुविना क्षेत्री बेलबासे २३ बलमा ७ चौका र १ छक्कासहित ३७ रनमा आउट हुनुभयो । अप्सरी बेगम २१ बलमा २ चौकासहित १२ रनमा अविजित रहनुभयो । सुदूरका लागि लक्ष्मी साउदले एकमात्रै विकेट लिनुभयो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८८ रन बनाएको थियो । सुदूरका लागि सम्झना खड्काले २५ बलमा ४ चौकासहित २४ रन बनाउनुभयो । त्यो जितका लागि पर्याप्त हुन सकेन । ओपनर विन्दु रावल र रुवि पोदारले पहिलो विकेटका लागि ६.३ ओभरमा २६ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाउनुभएको थियो । विन्दु रावल १८ बलमा ३ चौकासहित १७ रनमा रन आउट हुनुभएको थियो ।
त्यसअघि पहिलो क्वालिफायर खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ । जितका लागि १४० रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८७ रनमा समेटियो । कोशीका लागि अप्सरी बेगमले ४८ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३१ रन बनाउनुभयो ।
रुविना क्षेत्रीले २६ बलमा ४ चौकासहित २२ रन बनाउनुभयो भने काजोल श्रेष्ठ ४ रनमा आउट हुनुभयो । त्यस्तै लकिता राजवंशीले १४ तथा विमला मलहाले ६ रन बनाउनुभयो । बलिङतर्फ एपिएफकी रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सीता रानामगरले समान १/१ विकेट झार्नुभयो ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १३९ रनको योगफल बनाएको थियो । एपिएफका लागि इन्दु बर्माले सर्वाधिक ५६ रनको योगदान दिनुभयो । उहाँ ५० बलमा ३ चौका र १ छक्कासहित ५६ रनमा अविजित रहनुभयो ।
सीता रानामगरले ३७ बलमा ३ चौका र २ छक्कासहित ४५ रन जोड्नुभयो । रोमा थापाले १८ रन जोड्दा ज्योति पाण्डेले १२ रन बनाउनुभयो । एपिएफकी कप्तान रुविना क्षेत्रीले १ विकेट लिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच