राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ स्थित एक होटेलबाट यौन धन्दामा संलग्न भएको आरोपमा २ महिलासहित ७ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । पातो स्थित कुनाल कोल्ड स्टोर एण्ड होटेलबाट शुक्रबार राती उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यौन व्यवसाय गरेको सूचनाको आधारमा २ महिलासहित ५ जना पुरूषलाई पक्राउ गरिएको सप्तरीका प्रहरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्याैपानेले बताउनुभयाे । पक्राउ परेकामध्ये २ पुरुष भारतीय नागरिक रहेको उहाँले जानकारी दिनुभयाे ।
उक्त घटनामा संलग्न फरार भएका होटेल सञ्चालकको खोजी कार्य गरिरहेको तथा यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ